बडा दशैं, तिहार र छठपर्वको हार्दिक मंगलमय शुभकामना




मोहम्मद अज्मत अलि     Aug 29, 2017 | 01:54:28 PM



नेपालका लागि एचटिसी स्मार्टफोनको एक मात्र आधिकारिक बितरक जेनेरेशन नेक्स्ट कम्यूनिकेसन्स प्रालिले एचटिसी डिजायर ६५०, एचटिसी डिजायर १० प्रो तथा एचटिसी यु ११ बजारमा सार्वजनिक गरेको छ । एचटिसी डिजायर ६५० को मूल्य रु.१७,८२५, एचटिसी डिजायर १० प्रो को मूल्य रु.२९,९०० तथा एचटिसी यु ११ को मूल्य रु.७९,९९९ तोकिएको छ । एचटिसी डिजायर ६५०निलो रंगमा उपलब्ध हुनेछ भने एचटिसी डिजायर १० प्रो गोल्डेन ब्ल्याक रंगमा उपलब्ध हुनेछ । त्यस्तै, एचटिसी यु ११ ब्ल्याक र रेड कलर अप्सनमा उपलब्ध छ । दशैं र तिहारको अवसरमा ग्राहकहरुले प्रतेक एचटिसी  फोनहरुको खरिदमा चाँदीको सिक्का निशुल्क प्राप्त गर्नेछन् ।


एचटिसी डिजायर ६५० 

एचटिसीको डिजायर ६५०सिरिज सन् २०१७ मा शुरु भएको हो, जसमा नयाँ डिजाईन र सुविधाहरु राखिएको छ । यसको मुख्य विशेषता भनेको ५.० इन्चको आईपिएस एलसीडी क्यपासीटीभ टचस्क्रिन हो, यसमा क्वाड कोर १.६ गीगाहर्ज, ३२ जीबीको रोम र ३ जीबीको र्याम, दुई सिम लाग्ने, १३ मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, झिक्न नमिल्ने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, पानोरामा तथा मार्शमाल्लो अपरेटिङ सिस्टम राखिएको छ ।


एचटिसी डिजायर १० 

यो फोनमा १.८ गीगाहर्जको अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने यसमा ४ जीबीको र्याम राखिएको छ । फोनमा आन्तरिक स्टोरेज ६४ जीबीको छ भने फोटोका लागि २० मेगापिक्सेलको मुख्य क्यामरा तथा १३ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । एचटिसी डिजायर १० मा दुई सिम प्रयोग हुन्छ भने ननरिमुभवेल ३००० एमएएचको ब्याट्री, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर, पानोरामा, फिंगर प्रिन्ट तथा एन्टि सेक युक्त छ ।


एचटिसी यू ११

यो फोन ५.५ इन्चको सूपर एलसिडी क्यापासिटिभ टच स्क्रीन डिस्प्ले युक्त रहेको छ । फोनमा अक्टा कोर प्रोसेसर युक्त रहेको छ, भने ६ जीबीको र्याम १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । क्यामराको कुरा गर्दा, एचटिसी यू ११ मा १६ मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोन ७.१ भर्सनको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेको छ भने ३,००० एमएएचको ब्याट्री पावर रहेको छ । एचटिसी यू ११ नूगटको फिचर सहित आउँछ भने यसमा स्न्यापड्रागन ८३५, जीयो ट्यागिङ, टच फोकस, फेस डिटेक्सन, एचडिआर र पानोरामा रहेको छ ।


सक्कली भ्याटबिल लिन तथा एचटिसीका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र एचटिसीका उत्पादनहरु खरिद गर्न वितरकले अनुरोध गरेको छ।  एचटिसी आधिकारिक स्टोरहरु बाट किन्दा जेननेक्स्टको होलोग्राम बक्समा हेर्न समेत वितरकले अनरोध गरेको छ  ।

खरिद गरेको एचटिसीका उत्पादनहरु आधिकारिक हुन वा होइनन् थाहा पाउनका लागि ग्राहकले   वेबसाइट लिंकमा  गएर एचटिसीको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । 

वितरकले भनेको छ 'सबै ग्राहकले कृपया सक्कली उत्पादनहरुका लागि मात्र रकम खर्च गर्नुहोस् र स्ट्याण्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउनु होस् साथै सुनिश्चित हुनुहोस् भन्ने हाम्रो आग्रह रहेको छ । ग्रे फोनहरु अनधिकृत रुपमा देश भित्र आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । खरिदकर्ताहरुलाई अनुरोध छ की सक्कली उत्पादनहरु मात्र खरिद गरौं र अनधिकृत रुपमा आउने सामाग्रीहरुबाट टाढै रहौं ।'

 अनधिकृत रुपमा आयातित फोनहरु खरिद नगरौं नेपाल दूरसंचार प्राधिकरणले (एनटिए) त्यस्ता फोनहरु कुनै पनि बेला ब्लक गर्न सक्दछ भने फोन कलको गुणस्तर पनि न्यू्न हुन्छ । बितरकहरुले आयात गर्नुभन्दा पहिले नै एनटिएलाई बुझाएको आईएमईआई नम्बर दर्ता भएका फोनहरुले मात्र काम गर्नेछन् ।

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7