गाडी किन्नेलाई एनआई एसिया बैंकले सरल प्रक्रियाबाट 'ठाउँको ठाउँ' ऋण दिने, प्रोसेस फि निशुल्क

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2017 | 06:24:26 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले नाडा अटो शोको अवसरमा 'हाक्नुहोस अब आफ्नो सपनाको गाडी' योजना ल्याएको छ। व्यक्तिगत तथा व्यवसायिक प्रयोजनका लागि खरिद गरिने गाडीमा ७ बर्षे अवधीसम्मका लागि आकर्षक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने गाडीमा बैंकले १० दशमलब ९९ प्रतिशत बेस रेट सहित ११ दशमलब १५ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको हो। व्यक्तिगत प्रयोजनका लागि खरिद गरिने सवारी साधानमा प्रोसेसिङ फि निशुल्क गरिएको रिटेल सेल्स एक्जुएटिब कल्पाश्री अधिकारीले बिजपाटीलाई जानकारी दिईन। 

'ग्राहकले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्जामा कुनै प्रकारको प्रशानिक शुल्क नलिने व्यवस्था गरिएको हो' उनले भनिन। भृकुटी मण्डपमा भदौ १३ देखि भदौ १८ सम्म चल्ने नाडा अटो शोमा ग्राहकले एनआइसी एसिया मार्फत ठाउँको ठाउँ कर्जा सुविधा र अफर लेटर पाउने बताइएको छ।

कले ‘नाडा अटो शो २०१७’ मा स्टल नम्बर जीसेभेन मार्फत सवारी साधन कर्जाको सुविधा तथा जानकारी उपलध गराएको छ। साथै ग्राहकहरुलाई सुविधाजनक हुने यस बैंकको १२० शाखाहरु मध्य जुनसूकैै शाखामा सवारी साधन कर्जा जानकारी र सुविधा लिन सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन।    

त्यस्तै नाडा अटो  शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकलाई बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने भएको छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved