गाडी किन्नेलाई निशुल्क सर्भिस चार्जदेखि क्रेडिट कार्डसम्मको स्किम, यस्ता छन १० बैंकका बिशेष अफर

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 29, 2017 | 09:57:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो शोलाई लक्षित गरी दश बाणिज्य बैंकले भृकुटी भण्डपमा स्टल नै राखेर ग्राहकहरुलाई सस्तो ब्याजदरमा सवारी कर्जा दिइरहेका छन। अघिल्लो आर्थिक बर्षको तुलनामा सवारी कर्जा झन्डै दोब्बरले बढे पनि भृकुटी भण्डपमा स्टल राखेका बैंकहरुले नियमित दर भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराएका छन। 

अघिल्लो नाडा शोमा सवारी कर्जाको औषत ब्याजदर ६ प्रतिशत रहेकोमा भदौ १३ देखि भदौ १८ सम्म चल्ने यस १२ औं संस्करणको अटो शोमा सवारी कर्जा औषत ११ प्रतिशत रहेको छ। 

भृकुटी भण्डपमा स्टल राखेका १० बाणिज्य बैकहरुले ग्राहकहरुलाई तान्नका लागि विभिन्न अफर ल्याएका छन। कुनै बैंकले सस्तो दरमा सवारी कर्जा उपलब्ध गराएका छन भने कुनैले ९ बर्षसम्मको कर्जा अवधि दिएका छन।


सवारी कर्जा ब्याजदर 

भृकुटी भण्डपमा स्टल राखेका १० बाणिज्य बैंक मध्ये ग्लोबल आइएमई बैकको सवारी कर्जाको दर सबै भन्दा सस्तो रहेको छ। ग्लोबल आइएमईले १०.४ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने स्किम ल्याएको छ। अधिकतम सानिमा बैंकको १२ दशमलब ५० प्रतिशत ब्याजदर रहेको छ।  

कर्जा अवधि 

अधिकांश बैंकहरुले ७ बर्षसम्मको कर्जा अवधि दिएका छन। लक्ष्मी बैंकले ९ बर्षसम्मका लागि कर्जा अवधिको सुविधा दिएको छ भने बैंक अफ काठमांडू, प्रभु , ग्लोबल आइएमई र हिमालयन बैंकले ५ बर्षसम्मको कर्जा अवधि दिएका छन।

प्रोसेस फी 

एनआईसी एसिया र सिभिल बैंकले प्रशाशनिक शुल्क निशुल्क गरेका छन। अरु केहि बाणिज्य बैंकहरुको कुल कर्जाको प्रशाशनिक शुल्क अर्थात प्रोसेस फी शुन्य दशमलब ५ प्रतिशतदेखि १ प्रतिशतसम्म छ। 

बेस रेट 

सिभिल बैंकले बेस रेट मै सवारी कर्जा उपलब्ध गराएको छ। अधिकांश बैंकहरुले सकेसम्म सस्तो दरमा सवारी कर्जा दिने उदेश्यले उनीहरुले बेश रेटमा सवारी कर्जा उपलब्ध गराएका छन। 

प्रिमियम शुल्क 

बैंकहरुले बेस रेट मै सवारी कर्जा उपलब्ध गराएपनि केहि बैंकहरुले प्रिमियम शुल्क निशुल्क गरेका छन। सिभिल , ग्लोबल आइएमई र एनआईसी एसिया बैंकले प्रिमियम शुल्क निशुल्क गरेका छन। 

बिशेष अफर 

बैंकहरुले गाडी किने ग्राहकहरुलाई आफु तर्फ तान्न बिशेष अफर समेत ल्याएका छन। सिभिल बैंक र एनआईसी एसिया बैंकले ठाउँको ठाउँ ऋण लिएर गाडी छान्न जाने सुविधा दिएका छन। एनआईसीले 'तुरुन्त कर्जा'को अफर ल्याएको छ भने सिभिल बैंकले 'पूर्व स्वीकृत अटो लोन' स्कीम ल्याएको छ। 

त्यस्तै नाडा अटो  शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकलाई एनआईसी एसियाले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराएको छ। लक्ष्मी बैंकले निशुल्क एटिएएम कार्ड, इन्टरनेट बैंकिङ र ५० हजारसम्म क्रेडिट कार्डको सुविधा उपलब्ध गराएको छ। 

११ औं संस्करणको नाड़ा शोमा बैंकहरुले ६ प्रतिशत ब्याजदरमा सवारी कर्जामा  उपलब्ध गराएक थिए। तर पछि बैंकहरुमा तरलता अभाब हुँदा उक्त ब्याजदर बढेर झन्डै १५ प्रतिशतसम्म पुगेको थियो। जसले गर्दा ग्राहकहरु ठुलो मारमा परेका थिए। 

तर यसपाली भने राष्ट्र बैंकले एका तर्फ सवारी खरिदमा डाउनपेमेन्ट ३५ प्रतिशत गर्नु पर्ने व्यवस्था गरेको छ भने अर्को तर्फ बेस रेटको आधारमा ग्राहकहरुलाई जानकारी गराई सिमित दरमा ब्याज थपघट गर्नु पर्ने व्यवस्था गरेको छ। जसकारण ग्राहकहरुले ब्याजदरको अनावश्यक भारबाट मुक्ति पाउने अपेक्षा गरिएको छ। 

राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले सवारी खरिदमा व्यक्तिगततर्फ सवारीसाधन मूल्यको ६५ प्रतिशत र ब्यापारिक प्रयोजनका लागि ८० प्रतिशतसम्म ऋण दिन पाउनेछन।   


  





 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved