आजबाट नीति कार्यक्रममाथि छलफल, संशोधन पेश गर्ने कांग्रेसको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2020 | 10:11:22 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आज आइतबारबाट छलफल सुरु हुने भएको छ । आज आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आ.व. २०७७÷०७८ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची छ । 

त्यसपछि नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ। आजको बैठक बिहान ११ बजे बोलाईएको छ ।  गत शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यालम प्रस्तुत गरेकी थिइन्  । 

कांग्रेसले संशोधन पेश गर्ने 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति उत्तरदायी नरहेको भन्दै संशोधन पेश गर्ने भएको छ ।काँग्रेस संसदीय दलको शनिवार बसेको बैठकले नीति तथा कार्यक्रमले कोरोना भाइरसबाट प्रताडित जनतालाई आशा र भरोसा पनि दिलाउन नसकेको निष्कर्ष निकाल्दै संशोधन पेश गर्ने निर्णय गरेको हो । बैठकले विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको रोकथाम, न्यूनीकरण र सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्नुपर्ने निर्णय गरेको छ । 

संसदीय दलले कोराना महामारीका कारणले लकडाउनपछिको अवस्थामा लाखौँ मजदूर तथा श्रमिक, किसान, अध्ययनको सिलसिलमा घरभन्दा टाढा रहेका विद्यार्थी, अन्य रोगबाट ग्रसित बिरामी एवं दीर्घ रोगी, शारीरिक अशक्त तथा असहाय व्यक्तिले कारुणिक पीडा झेल्नु परिरहेको भन्दै उनीहरुको जीवनयापनका लागि समोचित राहत प्याकेजको कार्यक्रम ल्याई तत्काल राहत पु¥याउन सरकारसँग माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved