‘नीति तथा कार्यक्रमले मर्माहत र निराश बनायो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 06:13:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायीहरुले कोरोना कारण थिलथिलो भएको पर्यटन क्षेत्र बचाउन नीति तथा कार्यक्रममा ठोस योजना नआएको भन्दै दुखेसो गरेको छ । पर्यटन सम्बद्ध एक दर्जन व्यवसायीक संघसंगठनले संयुक्त विज्ञप्ति जारी गर्दै कोरोनाले असर पारेको पर्यटन क्षेत्रको पुर्नस्थापना गर्न विस्तृत रुपमा ठोस नीति तथा कार्यक्रम आओस् भन्ने अपेक्षा राख्दै बिभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुले सामुहिक रुपमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, प्रेश विज्ञप्ति मार्फत विभिन्न सञ्चारका माध्यमबाट अपिल गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएको भएपनि सरकारले वेवास्ता गरेको ठहर गरेका छन् । 

सरकारले आह्वान गरेको भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायीले अर्वौको थप लगानी गरेको भएपनि लगानीको संरक्षण गर्ने, सिथिल भैसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना दिने योजना नआउँदा व्यवसायीहरुलाई मर्माहत, अक्रान्त र निरास बनाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेश विज्ञप्ति:

कोरोना भाइरस (COVID-19) को महामारीबाट नराम्रोसंग प्रभावित भएको पर्यटन व्यवसायको पुर्नस्थापना गर्न विस्तृत रुपमा ठोस नीति तथा कार्यक्रम आओस् भन्ने अपेक्षा राख्दै पर्यटन व्यवसाय संग सम्वन्धित बिभिन्न संघ संस्थाका जिम्मेवार पदाधिकारीहरुले सामुहिक रुपमा नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने, प्रेशविज्ञप्ति मार्फत विभिन्न सञ्चारका माध्यमबाट अपिल गर्दै, सरकारको ध्यानाकर्षण गराउदै आएका थियौं । यद्यपि नेपाल सरकारले सदनमा प्रस्तुत गरेको आ. व. २०७७ ।०७८ को नीति तथा कार्यक्रममा पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप पर्यटन व्यवसायलाई पुनर्जीवन दिने खालको कुनै पनि ठोस नीति तथा कार्यक्रमहरु नआएकोले देशकै अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई बचाउन राज्यले वेवास्ता गरेको समग्र पर्यटन व्यवसायीहरुलाई आभाष भएको छ भनेयस विषयमा सम्पूर्ण पर्यटन सम्बद्ध संघ संस्थाहरुको गहिरो र गम्भिर ध्यानाकर्षण समेत भएको छ । नेपाल सरकारले आव्हान गरेको नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा सफल बनाउन पर्यटन व्यवसायीहरुले यस क्षेत्रमा अर्वौको थप लगानी गरेका थिए ।

पर्यटन व्यवसायीहरुको लगानीको संरक्षण गर्ने, सिथिल भैसकेको व्यवसायलाई पुनर्जीवन दिएर पुनस्र्थापना गर्ने सरकारको प्रमुख दायित्व हुनु पर्ने थियो । प्रस्तुत नीति तथा कार्यक्रममा नयां नयां योजनाहरु आएको तर महामारीको संक्रमणले विस्थापित अवस्थामा पुगेका पर्यटन व्यवसायीहरुलाई पुर्नउत्थान गर्ने कुनै पनि ठोस योजनाहरु घोषणा नगरिएकोमा हामी व्यवसायीहरुलाई मर्माहत, अक्रान्त र निरास बनाएको छ । नेपाल सरकारको सबै नीति नियमहरु पालना गर्दै, करोडौंको कर राज्यलाई नियमित रुपमा तिर्दै आइरहेका हामी पर्यटन व्यवसायीहरुलाई कोरोनाको महामारीले निम्त्याएको जरजर अवस्थाबाट जोगाउनु राज्यको प्रमुख दायित्व पनि हो ।

COVID-19 को प्रभावको प्रारम्भमा नै क्षेती व्यहोर्न पुगेको तथा पुनः सामान्य अवस्थमा फर्कन समेत अन्य व्यवसाय भन्दा निकै लामो समय लाग्ने हुंदा पर्यटन व्यवसायलाई यो महासंकटबाट बचाउन हारगुहार गरिराखेका पर्यटन व्यवासयीहरुको बलियो साहारा बन्नबाट राज्य पछि नहटोस् । तसर्थ खरबौंको लगानी डुब्ने र नेपालको समग्र पर्यटन उद्योग नै तहसनहस हुने खतरालाई मध्यनजर गर्दै नेपाल सरकारले यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने आ.व.२०७७।०७८ को बजेट वक्तव्य मार्फत पर्यटन व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै राहतका अल्पकालीन तथा दिर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन सरकारसंग हामी जोडदार माग गर्दछौं । साथै यो विषमपरिस्थीतिमा राष्ट्रले नै भावी अर्थतन्त्रको आधारको रुपमा महत्व दिदै आएको नेपालको पर्यटन क्षेत्रलाई जीवन र मरणको दोसाधबाट उद्दार गर्न सरकार जिम्मेवारपुर्ण तवरले पर्यटन मैत्री अभिभावकको भुमिकामा खरो रुपमा उत्रनु पर्छ भन्ने हाम्रो आवाजलाई गम्भीरताका

साथ लिनेछ भन्ने बिश्वासका साथ पुनः सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउंदछौ ।

निम्नः

अध्यक्ष,नेपाल एसोशिएसन अफ टुर एण्ड ट्रभाल एजेन्ट्स (NATTA)

अध्यक्ष,होटल एसोशिएसन नेपाल (HAN)

अध्यक्ष,ट्रेकिंग एजेन्सिज् एसोशिएसन अफ नेपाल (TAAN)

अध्यक्ष, नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA)

अध्यक्ष, नेपाल एशोसिएसन अफ टुर अपरेटर (NATO)

अध्यक्ष, सोसाइटी अफ टभल एण्ड टुर अपरेटर्स नेपाल ( SOTTO Nepal )

अध्यक्ष, पाटा च्याप्टर नेपाल (PATA )

अध्यक्ष, नेपाल माउन्टेरिङ एसोशिएसन (NMA )

अध्यक्ष, टुरिष्ट बस एसोशिएसन अफ नेपाल (TBAN)

अध्यक्ष, नेपाल एसोशिएसन अफ -याफ्टिङ एजेन्सिज् (NARA)

अध्यक्ष, रेष्टुरेन्ट एण्ड वार एसोशिएसन अफ नेपाल ( REBAN)

अध्यक्ष, एक्सपिडिसन अपरेटर्स एसोशिएसन (EOA)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved