भोली बजेट ल्याउँदै अर्थमन्त्री, वृद्धाभत्ता र कर्मचारीको तलव के होला ?

निरोज कुमार थापा

निरोज कुमार थापा

May 27, 2020 | 03:30:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्षको बजेट बिहिबार प्रस्तुत हुँदैछ । अर्थ मन्त्रालयले बजेटको लिखित दस्ताबेजलाई अन्तिम रुप दिईसकेको स्रोतले बताएको छ । सर्वसाधारणमा विकासका आयोजनाका लागि बजेट आउँछ वा कति बढ्छ भन्ने विषयमा विरलै चासो भएपनि कर्मचारीको तलब र सामाजिक सुरक्षाभत्ता बढ्छ कि बढ्दैन भन्नेबारे चासो बढी छ । जुन आगामी वर्षको बजेटमा नबढ्ने निश्चित छ । 

आचु आर्थिक वर्षको बजेटमार्फत नै कर्मचारीको तलब बढाईएका कारण हरेक दुई/दुई वर्षमा मात्रै पुनरावलोकन गर्ने प्रावधान रहेका कारण यसवर्ष कर्मचारीको तलब नबढ्ने निश्चित छ । तर २०७४ सालको निर्वाचन ताका वृद्धाभत्ता ५ हजार पु¥याउने प्रतिवद्धता गरेको त्यतिबेलाको वाम गठबन्धन (हालको नेकपा) निर्वाचन जितेर बनाएको सरकारले ल्याएको पहिलो बजेटमै भत्ता बढाएको थिएन । निर्वाचनमा गरेको बाचा पूरा नगरेको भन्दै नेकपा भित्रैबाट दबाब बढेपछि चालु आर्थिक वर्ष २०७६/०७७ मा भने वृद्धाभत्ता १ हजार रुपैयाँले बढाएको थियो । 

तर आगामी आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धाभत्ता वृद्धि हुने अपेक्षा गरिएपनि अर्थ मन्त्रालयले तत्काल बढाउन नसकिने बरु केही केही भत्ता कटौती गर्नुपर्ने भनेपछि प्रधानमन्त्री केपी शर्मा ओली भत्ता कटौती नगर्ने बरु यथावत राख्ने मनस्थितीमा पुगेका थिए । सोही अनुसार केही दिनअघि राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कुनै पनि किसिमका सामाजिक सुरक्षा भत्ता कटौती नगरिने आश्वासनसमेत दिईसकेका छन् ।

वर्तमान सरकारले ल्याएको पहिलो बजेटमा वृद्धाभत्ता वृद्धि भएको थिएन । अर्थमन्त्री डा. युवराज खतिवडाले दोस्रो पटक ल्याएको चालु आर्थिक वर्षको बजेटमा ७० वर्ष पुगेका वृद्धवृद्धालाई १ हजार भत्ता वृद्धि गरेर तीन हजार पुर्‍याइएका थिए । दलित र कर्णाली प्रदेशका वृद्धवृद्धाको हकमा भने ६० वर्ष पुगेपछि भत्ता पाउने प्रावधान राखिएको छ । 

आगामी वर्षका लागि बजेट ल्याउदा केही मात्रामा भएपनि सामाजिक सुरक्षा भत्ता बढाउने भनेको सरकारले कोरोना भाइरसको कारण देखाउँदै आम्दानीको स्रोत गुमेको भन्दै भत्ता बढाउन नसकिने स्पष्ट पारेको छ । 

डा. खतिवडाले ल्याएको पहलिो बजेटमा कर्मचारीहरुका लागि महंगी तथा पोशाक भत्ता बढाएका थिए भने उनले ल्याएको दोस्रो बजेट अर्था चालु आर्थिक वर्षको बजेटमा भने अधिकृतभन्दा माथिल्लो तहका कर्मचारीका लागि १८ र अधिकृतभन्दा तल्लो तहका कर्मचारीहरुका लागि २० प्रतिशत तलव बढाएका थिए । 

सरकारी कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले चालु वर्ष तलब बढेका कारण यसवर्ष तलब नै बढाउन भनेर नभनेपनि अन्य सुविधा थप गर्न माग गरेको छ । एक लाख कर्मचारीको स्वास्थ्य बीमा आगामी आर्थिक वर्ष भित्रै सक्ने व्यवस्था बजेटमार्फत नै गर्न सुझाव दिएको छ । ट्रेड युनियनले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजामति कर्मचारीलाई प्रयोग गर्न सुझाव दिएको छ । ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले यो निकै पहिले देखिकै माग भएका कारण यसवर्ष भने बजेटमार्फत सम्बोधन हुनेमा ढुक्क रहेको बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved