सरकारले सार्वजनिक गर्यो ३ लाखलाई रोजगारी दिने योजना, बिदेशीलाई कडाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 04:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनाबाट प्रभावित श्रम बजारलाई व्यवस्थापन गर्न जोड दिएको छ। आगामी बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले भएका रोजगारी बचाउन र नयाँ रोजगारी सिर्जना गर्न बजेटमा जोड दिइएको बताएका छन्। 

सरकारले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै आगामी वर्ष ७५ हजार जनालाई सीपमुलक तालिमदिन ४ अर्ब ३४ करोड  बिनियोजन गरेको छ। 

त्यस्तै सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन  गरेको छ। त्यस्तै आगामी बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड बिनियोजन गरेको छ। 

कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा  परिचालन गरिने लक्ष्य लिएको छ। सरकारले सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा  ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने भएको छ। 

सरकारले नेपाली नागरिकको रोजगारी सुरक्षित र वृद्धि गर्नलाई श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन  नपाउने व्यवस्था गर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved