सहकारीको मर्जरमा सरकारको जोड, सहकारीबाट ऋण लिन अब सहज नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:27:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सहकारी क्षेत्रलाई ३ अर्ब ६० करोड ऋण दिने भएको छ। अर्थमन्त्री डा युबराज खतिवडाले बेरोजगार युवालाई स्वरोजगार बनाउने उदेश्यले सहकारीहरुलाई यस्तो ऋण दिन लागिएको जानकारी गराएका हुन । 

सरकारले सहकारीलाई दिएको यो ऋणबाट सहकारीले बेरोजगार युवालाई स्वरोजगार बन्न लगानी गर्नु पर्नेछ। त्यस्तै सरकारले बचत तथा ऋण सहकारी सं‌स्थालाई एक अर्कामा गाभिन प्रेरित गर्ने भएको छ। 

त्यस्तै अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा सहकारी कर्जा सूचना केन्द्रको स्थापना गरिने बताएका छन्। कर्जा सूचना केन्द्रको स्थापना गर्ने भएपश्चात सहकारी मार्फत कर्जा लिन अब थप कडाइ हुने अपेक्षा गरिएको छ।

त्यस्तै सहकारी पसललाई हरेक प्रदेशमा स्थापना गरिने उनले जानकारी दिए । बेरोजगार युवालाई सहकारीबाट कर्जा लिएर उद्यमशील, स्वरोजगार बन्न प्रोत्साहन गरिने उनले बताए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved