विदेशमा समस्यामा परेका नेपाली ल्याउन बजेट छुट्याईयो, ३ लाखलाई रोजगारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 05:56:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउन बजेट छुट्याएको छ। आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको जानकारी दिएका हुन्। 

त्यस्तै स्वदेशमै रोजगारी दिनलाई समेत सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरेको छ भने अरु बिभिन्न कार्यक्रम ल्याएको छ। 

सरकारले साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै आगामी वर्ष ७५ हजार जनालाई सीपमुलक तालिमदिन ४ अर्ब ३४ करोड  बिनियोजन गरेको छ। 

त्यस्तै सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन  गरेको छ। त्यस्तै आगामी बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा २ लाख रोजगारी उपलब्ध गराउन ११ अर्ब ६० करोड बिनियोजन गरेको छ। 

कोरोनाका कारण रोजगारी गुमेकालाई विकास निर्माणमा  परिचालन गरिने लक्ष्य लिएको छ। सरकारले सबै श्रमिक र कामदारलाई सामाजिक सुरक्षाको दायरामा  ल्याउन सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा ल्याउन प्रोत्साहित गर्ने भएको छ। 

सरकारले नेपाली नागरिकको रोजगारी सुरक्षित र वृद्धि गर्नलाई श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन  नपाउने व्यवस्था गर्ने भएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved