स्थानीय विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को बजेट घटाएको छ । खारेज गर्नुपर्छ भन्ने आवाज उठिरहेका बेला सरकारले कार्यक्रम निरन्तरता दिएको भएपनि बजेट भने घटाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ३० करोड रुपैयाँले घटाएका हुन् । चालु आर्थिक वर्ष ९ अर्ब ९० करोड बजेट छुट्याईएकोमा आगामी वर्ष ६ अर्ब ६० करोड मात्रै बजेट छुट्याइएको छ । अब एक निर्वाचनले ४ करोड मात्रै पाउनेछन् ।