सरकारले सरकारी कर्मचारीको भत्ता खारेज गरेको छ। कोरोना रोकथामको लागि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मीलगायतका राष्ट्रसेवक बाहेक अरूलाई प्रदान हुने भत्ता खारेज भएको हो ।
आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक, खाना तथा खाजा लगायतका सबै प्रकारका भत्ताहरू १ साउनबाट लागू हुने गरि खारेज गरेको घोषणा गरेका हुन् ।
त्यस्तै मन्त्री खतिवडाले प्रशासनिक खर्च कटौती गर्दै भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती गरेको घोषणा गरेका हुन् ।