नाडा अध्यक्षल दुलालले भने, इलेक्ट्रिक गाडीमा भन्सार बढाईनु गलत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 08:20:40 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स डिलर्स एसोसियसन (नाडा)ले बजेटको स्वागत गरेको छ । बजेटमा नाडाले दिएका धेरै सुझाव समावेश नभएपनि बजेट सन्तोषजनक आएको नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको भनाई छ । 

अटोमोबाइल्स क्षेत्रका लागि चालु आर्थिक वर्षकै व्यवस्था आगामी आर्थिक वर्ष पनि रहने गरी बजेट आएको नाडाको बुझाई छ । अध्यक्ष दुलालले भने, ‘बजेटले अटोमोबाइल्स क्षेत्रलाई कुनै प्रभाव नपर्ने देखिएको छ, कुनै कुनै स्पेयर पार्टस्मा केही भन्सार दर बढ्ने भनिएको छ । यसले व्यवसायीक रुपमा ठूलो असर पर्ने देखिँदैन ।’ 

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै धेरै मूल्यका गाडीको आयातमा केही कडाई गरिने संकेत गरेका छन् । यस विषयमा नाडा अध्यक्ष दुलाल भन्छन्, ‘भन्सार नबढेका कारण खुला अर्थ बजारमा रोक्न मिल्दैन, रोक्नु पनि हुँदैन । अब मौद्रिक नीतिले केही कुरा ल्याउला, त्यसमा निर्भर हुन्छ ।’ 

इलेक्ट्रिक गाडीमा भने सरकारले भन्सार शुल्क बढाउनु गल्ती भएको उनको भनाई छ । विद्युतीय गाडीको प्रयोगलाई बढाउन पनि इलेक्ट्रिक गाडीलाई प्रोत्साहन गर्नुको सट्टा भन्सारदर बढाईनु गलत भएको अध्यक्ष दुलालको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved