बजेटबारे लगानीकर्ता संघका नेताको मिश्रित प्रतिक्रिया, कसले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 08:55:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले प्रस्तुत गरेकोमा बजेटमा शेयर लगानीकर्ताका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । यद्यपि अधिकांशले आशा गरिए अनुरुप बजेट नआएको र आफ्ना सुझावहरु समेटिएको बताएका छन् 

नेपाल इन्भेस्ट फोरमका अध्यक्ष छोटेलाल रौनियार बजेटका केहि सकारात्मक विषय समेटिएको बताउछन् । बैंकहरुलाई मर्जरमा लाने, बजारलाई पूर्ण  अनलाइन प्रविधिमा लैजाने, स्टक डिलर संचालन गर्ने, दोस्रो बजारमा ऋणपत्रको कारोबार सुरु गर्ने, हेज फण्ड संचालन गर्ने, विद्युतीय भुक्तानी प्रणाली संचालन गर्ने, वस्तु विनिमय बजार संचालन गर्ने लगायतका विषय सकारात्मक रहेको उनी बताउछन् । 

यद्यपि आफुहरुले लामो समयदेखि उठाउदै आएको ५ प्रतिशत क्यापिटल गेन ट्याक्स नै अन्तिम कर हुनु पर्ने, बोनसको दोहोरो कर हट्नु पर्ने विषय यस पटक छुटेको उनी बताउछन् । त्यस्तै लगानीकर्ता र ट्रेडरलाई बर्गिकरण गरी फरक फरक कर लगाउने विषयको अपेक्षा गरिएकोमा त्यो सम्बोधन नभएको उनको गुनासो छ । यो विषयमा मन्त्री आफैले पनि प्रतिबद्धता जनाएकोले पूर्ण अपेक्षा गरिएको तर सम्बोधन नभएकोमा उनको गुनासो छ । यी ब्यबस्था गरिदिएको भए बजारमा संजीवनी बुटीको काम गर्ने उनी बताउछन् 

त्यस्तै शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल 'अहिलेको बजेट कागलाई बेल पाक्यो हर्ष न विस्मात' झैँ भएको बताउछन्। बजेट आशा अनुरुप नभए पनि जे आएको छ त्यसलाई सकारात्मक रुपमा लिनु पर्ने उनी बताउछन् 

अनलाइन ट्रेडिङ पूर्ण कार्यन्वयन गर्ने, बैंक मर्ज गर्ने, तरलता सहज पार्न बाह्य ऋण लिन सक्ने, हेज फण्ड संचालन, वस्तु विनिमय बजार संचालन गर्ने सकारात्मक पाटो भएको उनी बताउछन् । त्यस्तै जनताको जलविद्युत लगानी कार्यक्रम मार्फत बजारमा थप लगानी आउने भएकोले त्यसलाई पनि सकारात्मक रुपमा लिनु पर्ने उनको भनाई छ। अहिले घोषणा भएका विषय पूर्ण कार्यन्वयन भएमा बजारमा सकारात्मक प्रभाव पर्ने उनी बताउछन् 

शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल भने बजेट निराशाजनक आएको बताउछन् । यो बजेट कोरोनालाई कारण देखाउदै आएको एउटा वक्तव्य जस्तो भएको उनको भनाई छ । अहिले लगानीकर्तालाई मार्जिन कलको त्रास भएको त्यो एक विषय मात्र भए पनि सम्बोधन भएको भए ठुलो राहत उनी बताउछन् । तर लगानीकर्ताको मनोबल बढाउने गरी केहि पनि कार्यक्रम नआएको उनी बताउछन् । आफुहरुले आन्दोलन गर्दाको बखतमा उठाएका विषय नै अहिलेको बजेटमा समावेश गरिएको हिजो नै गरि सक्नु पर्ने विषय अझै सम्पन्न नभएकोले बजेटमा आशावादी हुन् नसकिने उनको भनाई छ 

नेपाल पुँजीबजार संघकी अध्यक्ष संरचना चौधरी बजेटले पुँजीबजारलाई केहि सम्बोधन गर्न खोजे जस्तो देखिएपनि त्यो स्पष्ट रुपमा नआएको बताउछिन् । पुँजीबजारको दायरा फराकिलो बनाईने भनेपनि कसरी फराकिलो बनाउने उल्लेख नभएकोले स्पष्टता नआएको उनको भनाई छ । त्यस्तै स्टक डिलरको विषय पनि पुरानै भएकोले कार्यन्वयनमा कस्तो हुने हो हेर्न बाँकि रहेको उनी बताउछिन् । 

अनलाइन पेमेन्ट गेटवेको विषय, धितोपत्र बोर्ड, नेप्से र सिडीएसको पुनर्संरचनाको विषय, पूर्ण अनलाइनमा बजार लैजाने विषय भने सकारात्मक भएको उनी बताउछिन् ।  

बजारमा अहिले भएका सुचिकृत कम्पनीहरुको कारोबार समेत राम्रोसंग हुन् नसकिरहेको अवस्थामा ऋणपत्रको दोस्रो बजारमा कारोबार गर्ने विषय स्पष्ट नभएको उनी बताउछिन् । उनी भन्छिन् 'विषम परिस्थितिमा पनि लगानीकर्तालाई राहतका कुरा नआउँदा दुख लागेको भन्दै यो बजेट 'कागलाई बेल पाक्यो हर्ष न बिस्मात' झैँ भएको छ ।'

त्यस्तै  नेपाल पूँजीबजार लगानीकर्ता संघकी  अध्यक्ष राधा पोखरेल  पनि   आ.ब. २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मत’ भने झै भएको बताउछिन् । बजेटमा स्टक डिलर बाहेक पूँजीबजारको बिकास र बिस्तारको लागी एउटा पनि कार्यक्रम यो बजेटमा नपरेको उनी बताउचुन।विद्युतीय कारोबारको दायरा बिस्तार गरिने भन्ने विषय चालु आ.ब. मै भएकोले त्यसमा थप समय खर्चेको उनी बताउछिन् । उनी भन्छिन् ' आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित हुने देखिएन । त्यसैले यो बजेट मलाई महत्वकाक्षी छ भन्ने लाग्छ ।'

कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋणको ब्याज मिनाहा र अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरिदिएको भए मल्हम पट्टी लगाउने काम हुने उनी बताउछिन् 

 । उनी भन्छिन् '

 दु:खका साथ भन्नु पर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको देखियो । लगानीकर्ता मैत्री बजेट आउन सकेन ।' 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved