'२ वर्षलाई तेल किन्न पुग्ने पैसा विद्युतीय गाडीले खाईदियो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 07:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्री डा. युवराज खतिवडाले अपेक्षा अनुरुपको नतिजा नआएपछि विद्युतीय सवारीमा भन्सार बढाउनु परेको बताएका छन् । पेट्रोलियम खपत कम गर्न र बिजुली खपत बढाउँनको लागि विद्युतीय गाडी आयातलाई खुकुलो बनाईएको भएपनि त्यस अनुरुपको नतिजा नआएको मन्त्री खतिवडाले बताए ।

सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार लगाएको हो  ।  त्यस्तै बजेटले गाडीको क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाएको छ। 

शुक्रबार आयोजित पत्रकार सम्मलेनमा  मन्त्री खतिवडाले महँगा गाडी आयात हुन् थालेको र  दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयात हुन थालेपछि कर बढाईएको उनले बताए ।

उनले भने '२ वर्षको तेल आउने रकम विद्युतीय गाडीको आयातले खाईदियो' । यहि कारण भासर दर बढाईएको उनको भनाई छ । यद्यपि उनले गाडीको क्षमता अनुसार कर बढाईएको र  सस्ता मूल्यका गाडीमा कर नबढाईएको बताए । उनले यसलाई आवश्यकता अनुसार थप घट गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved