तरलता अभाव हुन् नदिन बैंकलाई अरु उपकरण दिइन्छ: मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 01:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा युवराज खतिवडाले कर्जामा संकुचन नआउने गरी आन्तरिक ऋण उठाईने बताएका छन् । प्रतिनिधि सभामा बजेट माथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले बैंकहरुलाई तरलता ब्यबस्थापनको लागि अन्य वित्तीय उपकरणको व्यवस्था गरी निजि क्षेत्रमा जाने  कर्जामा प्रभाव नपर्ने गरी ऋण उठाईने बताएका हुन्  ।

सरकारले आगामी आर्थिक वर्षको लागि २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। मन्त्री खतिवडाले कुल ग्रायस्थ उत्पादनको ५ प्रतिशतसम्मको आन्तरिक ऋण उठाउन उचित हुने मान्यता रहेकोले सोहि अनुरुपको आन्तरिक ऋण उठाउने बताएका हुन् । उनले पहिलो पटक आन्तरिक ऋणबाट उठेको रकम विकास कार्यमा खर्च गरिने र उत्पादनशील कार्यमा मात्र लगाईने आश्वस्त पारे ।

बजेट माथिको छलफलमा भाग लिदै सांसदहरुले ठुलो मात्र आन्तरिक ऋण उठाईदा तरलता अभाव हुन् सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved