पर्यटन मन्त्रालयको बजेट खर्च निराशाजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 01:25:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७६/०७७ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालले विभिन्न योजनाहरु सञ्चालन गरिरहेको छ । चालु आर्थिक वर्षको बजेट भाषण मार्फत नै बजेट पाएका आयोजनाहरुको पछिल्लो प्रगति विवरुण अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले २४ करोड ७७ लाख ९९ हजार बजेट पाएकोमा २०७६ फाग्न मसान्तसम्म १५ करोड ४५ लाख ५६ हजार बजेट खर्च गरेको छ । यो कुल रकमको ६२ प्रतिशतभन्दा धेरै हो । मन्त्रालय अन्तर्गतका आयोजनाहरुको बजेट खर्चको अवस्था पनि सार्वजनिक भएको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमार्फत पर्वतीय पर्यटन तथा पर्यटन प्रवद्र्धन आयोजनाका लागि १ करोड ३८ लाख बजेट छुट्याएको थियो । फागुन मसान्तसम्म ५६ लाख ६१ हजार खर्च गरेको छ । 

मन्त्रालय अन्तर्गतको ठूलो कार्यक्रम हो, दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना । यो आयोजनाका लागि २५ करोड ४६ लाख बजेट छुट्याईएकोमा फागुन मसान्तसम्म जम्मा ६ लाख १४ हजार अर्थात् ०.२४ प्रतिशत मात्रै खर्च भएको छ ।

त्यस्तै संस्कृति, प्रवद्र्धन कार्यक्रममा ४२ करोड १९ लाख विनियोजन भएको छ । चालु आर्थिक वर्षको चालु बजेटका रुपमा यति धेरै बजेट पाएपनि कार्यक्रममा ८ महिनाको अवधिमा २७ करोड ३ लाख ५० हजार मात्रै खर्च भएको छ ।

प्र्यटन पूर्वाधार विकास आयोजनाले चालु आर्थिक वर्षको लागि ११ करोड ८९ लाख बजेट विनियोजन भएको थियो । तर ८ महिनाको अवधिमा जम्मा ४ करोड ८१ लख ५० हजार रुपैयाँ रकम खर्च भएको छ । 

मन्त्रालय अन्तर्गतको पूरातात्विक स्थल संरक्षण आयोजनाका लागि चालु आर्थिक वर्षको कुल बजेट ३४ लाख हो । तर २०७६ फागुन मसान्तसम्म जम्मा ३ लाख मात्रै खर्चको छ । 

त्यस्तै विश्व सम्पदा क्षेत्र संरक्षण आयोजनाका लागि चालु आर्थिक वर्ष १२ लाख बजेट छुट्याईएको भएपनि हालसम्म एक रुपैयाँ पनि खर्च हुन सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved