प्रधानमन्त्री रोजगार कार्यक्रम नै सबै भन्दा कमजोर साबित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 01:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बजेट खर्चमा प्रधानमन्त्री रोजगार कार्यक्रम सबै भन्दा कमजोर देखिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निकाय र कार्यक्रम मध्ये चालु बजेट खर्च गर्नमा प्रधानमन्त्री रोजगार कार्यक्रम सबै भन्दा कमजोर देखिएको हो ।

चालु आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि चालुबजेट तर्फ कुल २ अर्ब ६८ करोड ३० लाख छुट्याइएकोमा कार्यक्रमले फागुन मसान्तसम्म ५६ लाख ७२ हजार मात्र खर्च गरेको छ । यो कुल विनियोजित बजेटको ०.२१ प्रतिशत मात्र हो । गएको आर्थिक वर्षमा यस कार्यक्रमले चालु तर्फ ७४.०१ प्रतिशत र पुँजीगत तर्फ १९.१६ प्रतिशत बजेट मात्र खर्च भएको थियो ।

चालु आर्थिक वर्षमा बजेट खर्चमा प्रधानमन्त्री रोजगार कार्यक्रमपछि सामाजिक सुरक्षा कार्यक्रम कमजोर देखिएको छ । सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्षको फागुनतर्फबाट चालुखर्च तर्फ १४.६३ प्रतिशत मात्र खर्च भएको छ । यस कोषको लागि चालु तर्फ २४ करोड ८९ लाख बिनियोजन गरिएकोमा ३ करोड ६४ लाख मात्र खर्च भएको छ । 

मन्त्रालय अन्तर्गतका कार्यक्रम मध्ये चालु तर्फ सबै भन्दा धेरै बजेट खर्च गर्नेमा वैदेशिक रोजगार न्यायिधिकरण गरेको छ । न्यायधिकरणले ५७.६५ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगत तर्फ रोजगार रोजगार प्रबर्दन कार्यक्र मले सबै भन्दा धेरै ७८.३ प्रतिशत बजेट खर्च गरेको छ भने सबै भन्दा कम पुँजीगत खर्च ब्यबसायीक तथा सीप विकास तालिम प्रतिष्ठान रहेको छ । प्रतिष्ठानको पुँजीगत खर्च ३.८७ प्रतिशत मात्र छ  । 

हेर्नुस श्रम मन्त्रालयको खर्च विवरण : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved