परिसंघद्वारा अर्थसचिव समक्ष बजेटबारेको धारणा पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2020 | 11:07:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले अर्थसचिव शिशिर कुमार ढुंगाना समक्ष आर्थिक वर्ष २०७७।७८ को बजेटका सम्बन्धमा आफ्नो धारणा प्रस्तुत गरेको छ । परिसंघको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयमा सचिव ढुंगानालाई भेट गरी बजेटबारे आफ्नो धारण राखेको हो । 

यसअधि परिसंघले बजेटका लागि दिएको सुझावहरुलाई बजेटले सम्बोधन गरेको भन्दै बजेटलाई सकारात्मक तरिकाले लिएको जनाएको छ । परिसंघले बजेट सन्तुलित र व्यवहारिक रहेको तर कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेकाले तथा बजेटमा भएका कति पक्षलाई व्यहारिकताका आधारमा पुनरावलोकन हुनु पर्नेमा अर्थसचिवको ध्यानाकर्षण गराएको प्रस्तुत धारणमा उल्लेख छ । 

नेपालको निजी क्षेत्रले उठाउँदै आएको विद्युत महशुलको विषयलाई यस बजेटले केही सम्बोधन गर्ने प्रयास गरेको परिसंघले जनाएको छ । उद्योगहरुको डिमाण्ड चार्ज मिनाहा गर्ने सम्बन्धमा भएको व्यवस्था पुनरावलोकन गर्न पनि अर्थसचिव समक्ष आग्रह गरेको जनइएको छ । 

यस्तै बजेट कार्यन्वयनकालागि परिसंघले अवश्यक सहकार्यका लागि आफुहरु तयार रहेको अर्थसचिवलाई जानकारी गराएको छ । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीमा वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल सहित पदाधिकारीहरुको सहभागिता थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved