चकलेटको भन्सारबारे बोले अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2020 | 03:53:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवाराज खतिवडाले चकलेटमा कर बढाईएको बारेमा स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफूले सम्हालेको अर्थ मन्त्रालयको सन्दर्भमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले १२३ कम्पनीले चकलेट आयात गर्ने भएकोले एकाध फर्मलाई मात्रै हेरेर कर घटाइएको होइन भन्दै प्रष्टीकरण दिएका हुन् ।

उनले आव २०७१÷ ०७२ देखि चकलेटको भन्सार दर ३० प्रतिशत रहेको र गत वर्ष केही वस्तुको कर माथि लैजाने क्रममा ४० प्रतिशत पुगेको भए पनि यस वर्ष पुनः ३० प्रतिशतमा सीमित गरिएको बताए । उनले भने , “कुनै व्यवसायीलाई हेरेर गरेको होइन । कुनै माननीय सदस्यले भनेको जस्तो अर्बौँको चकलेट आयात हुने पनि होइन ।” केही चोरीपैठारी हुने सम्भावना रहेको सामानको भन्सार दर घटाइएको जानकारी दिँदै उनले केही खाद्य वस्तुको भन्सार दर र मूल्य अभिवृद्धि कर पनि हटाइएको स्पष्ट पारे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved