एक्यानको अध्यक्षमा वाग्ले दोहोरिए, उपाध्यक्षमा रमेश धिताल निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2020 | 09:05:40 PM मा प्रकाशित

laxmi  sunrise bank

चार्टड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकान्टेन्ट संघ (एक्यान) को अध्यक्षमा पुन: आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन्। प्रतिष्पर्धी दीपक पाण्डेलाई पराजित गर्दै वाग्ले पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा पराजित पाण्डे हालको कार्यसमितिका उपाध्यक्ष हुन् 

त्यस्तै संस्थाको उपाध्यक्षमा पाण्डे प्यानलका रमेश धिताल निर्वाचित भएका छन् भने महासचिवमा वाग्ले प्यानलका तेज सुवेदी निर्वाचित भएका छन् । कोषाध्यक्षमा भने पाण्डे प्यानलका शुशील घिमिरे निर्न्वाचित भएका छन् 

संस्थाको कार्यसमिति सदस्यहरुमा संजिता नेपाल, मनिष अर्याल, टिकाराम कार्की, अनिल लामिछाने, शेषमणि दाहाल र टंक उप्रेती निर्वाचित भएका छन् ।नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved