एक्यानले राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका माथि अन्तरकृया कार्यक्रम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2020 | 10:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) ले नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमाथि अन्तरकृया कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल प्रमुख वक्ताको रुपमा रहने एक्यानले जनाएको छ। 

एक्यानकाअनुसार नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल विशेष अतिथिको रुपमा रहने कार्यक्रममा नविल बैंक लिमिटेडका नायव महाप्रबन्धक मनोज कुमार ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । विशेष वक्ताका रुपमा  एक्यानका पुर्व अध्यक्ष, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक एवं सनराइज बैंक लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र मान श्रेष्ठ रहनेछन।

एक्यानका उपाध्यक्ष रमेश धितालले सञ्चालन गर्ने कार्यक्रम उक्त कार्यक्रमले निर्देशन कार्यान्वयनमा देखिने चुनौतीका बारेमा नियामकको धारणा र बैंकको धारणा समेत राख्ने अभिप्रायले यस कार्यक्रम गर्न लागिएको जानकारी दिए। 

कार्यक्रममा एक्यानका अध्यक्ष आनन्द राज शर्मा वाग्लेले स्वागत मन्तव्य राख्ने र टिका कार्कीको धन्यवाद मन्तव्य सहित हालै जारी गरिएको निर्देशनमा अन्तक्रिया एवं विस्तृत छलफल हुने र यस कार्यक्रमबाट बैकर्सं, लेखापरीक्षक लाभान्वित हुने उपाध्यक्ष धितालले बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved