एक्यानले मनायो अन्तर्राष्ट्रिय लेखा दिवस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 04:34:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अन्तर्राष्ट्रिय लेखा दिवस (एकाउन्टेन्स् डे ) मनाएको नोभेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय लेखा दिवसको अवसरमा संघले काठमाडौंमा सामाजिक दुरी कायम गरि साइकल र्याली तथा रक्तदान कार्यक्रम गरि कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो

 आधुनिक लेखा पद्धतिका पिताका रुपमा परिचित लुका पेसिओलीले सन् १४९४ मा “Everything About Arithmetic, Geometry and Proportion” नामक पुस्तक प्रकाशित गरेको सम्झनामा विश्वमा हरेक वर्ष नोभेम्बर १० लाई अन्तर्राष्ट्रिय एकाउन्टेन्स् डेको रुपमा मनाइँदै आइरहेको

 इन्टरनेशनल फेडिरेसन अफ एकाउन्टेन्स्(आईएफएसी), कनफिडिरेसन अफ एसिया एण्ड प्यासिफिक एकाउन्टस्(सिएफपीए) तथा साउथ एसिया फिडिरेसन अफ एकाउन्टस्(एसएएफए) का सदस्य संस्थाहरुले नोभेम्बर १० लाई अन्तर्राष्ट्रिय एकाउन्टिङ डे को रुपमा मनाउँदै आएका छन् । 

 यस कार्यक्रमको मुख्य उद्देश्य लेखा शिक्षाको महत्वप्रति जनचेतना जगाई, लेखाको क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धिहरुलाई उजागर गर्ने तथा लेखा शिक्षासम्बन्धी नवीन अवधारणाहरुको विषयमा छलफल गर्ने, लेखाका विद्यार्थीहरुलाई प्रोत्साहन प्रदान गर्ने लेखा शिक्षाको प्रचारप्रसार गर्ने रहेको संघले जनाएको छ

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष प्रकाश लम्साल, उपाध्यक्ष युद्ध राज ओली, कार्यकारी निर्देशक संजय सिन्हा, नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)का  अध्यक्ष आनन्द वाग्ले, उपाध्यक्ष रमेश धिताल लगायतको उपस्तिथी थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved