मुक्तिनाथ र टुरिजम बैंकको खुद मुनाफामा वृद्धि, हेर्नुस कसको कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:15:57 PM मा प्रकाशित

laxmi  sunrise bank

tourism wikas bank

बैशाख १३। टुरिजम डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिसम्ममा ९ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकले गरेको यो खुद मुनाफा गत बर्षको यस अवधिसंगको तुलनामा २ करोड ६६ लाख रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकले ७ करोड १८ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ४८ लाख रुपैयाँले बढीको छ भने संचालन मुनाफा समेत ३ करोड ६ लाख रुपैयाँले बढेको छ। गत बर्षको यस अवधिमा बैंकले १९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानि गरेकोमा चालु आर्थिक बर्षको तेस्रो त्रैमाशिकमा भने २० करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले यस अवधिमा १३ करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा कमाउन सफल भएको छ।

बैंकले यस अवधिमा ७ अर्ब ५२ करोड १९ लाख रुपैयाँ निक्षेप सन्कलन गरेको छ। त्यस्तै ६ अर्ब ३० करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यस् अवधिसम्ममा १ करोड ४७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

muktinaath-wikas-bank

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिसम्ममा २४ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकले गरेको यो खुद मुनाफा गत बर्षको यस अवधिसंगको तुलनामा ८ करोड ४२ लाख रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकले १६ करोड ४ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

यस अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी १४ करोड रुपैयाँले बढेको छ भने संचालन मुनाफा समेत ११ करोड ७८ लाख रुपैयाँले बढेको छ।गत बर्षको यस अवधिमा बैंकले ३४ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक बर्षको तेस्रो त्रैमाशिकमा भने ४८ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले यस अवधिमा ३६ करोड ५१ लाख संचालन मुनाफा गर्न सफल भएको छ।

बैंकले यस अवधिमा ९ अर्ब  ८४ करोड निक्षेप संकलन गर्न सफल भएको छ।  जुन गत बर्षको यस अवधिसंगको तुलनामा ३ अर्ब ३७ करोड रुपैयाँले बढी हो. गत बर्ष यस अवधिमा बैंकले ६ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो। त्यस्तै बैंकले यस अवधिमा ८ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ. बैंकले यस अवधिसम्ममा ७२ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved