नेपाल एसबिआई र माछापुछ्रे बैंकको मुनाफामा उल्लेख्य प्रगति (हेर्नुस कसको कति)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २६। नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो ९ महिनामा ९५ करोड ३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गत बर्ष यस अवधिमा बैंकले ८२ करोड ७९ लाख खुद मुनाफा गरेको थियो।

गत बर्षको यस अवधिमा १ अर्ब ५ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यस अवधिमा १ अर्ब ७३ करोड खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले यस अवधिमा ६३ अर्ब ४१ करोड निक्षेप संकलन गरेको छ भने ४६ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकले यस अवधिमा खराब कर्जा अनुपात ०.१८ प्रतिशतबाट ०।११ प्रतिशतमा झारेको छ। हाल बैंकको ३ अर्ब ८८ करोड चुक्ता पुंजी रहेको छ भने यस अवधिमा बैंकको जगेडा कोष रकम २ अर्ब ७१ करोड पुगेको छ।

माछापुछ्रे बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ६२ करोड ४२ लाख खुद मुनाफा गरेको छ। बैंकले गत बर्ष यस अवधिमा ४४ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो ।

बैंकले गत बर्षको यस अवधिमा १ अर्ब ३१ करोड खुद ब्याज आम्दानी गरेको छ। जुन गत बर्षको यस अवधीसंगको तुलनामा ३० करोड रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकले यस अवधिमा ४८ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४० अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ। गत बर्षको यस अवधिमा बैंकले ४१ अर्ब ५२ करोड निक्षेप संकलन गरेको थियो भने ३५ अर्ब ९ करोड कर्जा प्रवाह गरेको थियो। यस अवधिमा बैंकको खराब कर्जा अनुपात १।७६ प्रतिशतबाट घटेर ०।५५ प्रतिशतमा झरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved