यस्तो छ आधा दर्जन बैंकहरुको वित्तीय विवरण, हेर्नुस कसको मुनाफा कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:26:06 PM मा प्रकाशित

laxmi  sunrise bank

standard chartad bank

 

standard chartad bank

 

बैशाख ३०। स्ट्याण्डर्ड चार्टड बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ९० करोड ६७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्ष यस अवधिसंगको तुलनामा ५ करोड ८ लाखले कम हो। गत बर्षको यस अवधिमा बैंकले ९५ करोड ७५ लाख रुपियाँ खुद मुनाफा गरेको थियो।

गत बर्षको यस अवधिमा १ अर्ब ४० करोड खुद ब्याज आम्दानि गरेको बैंकले यस अवधिम १ अर्ब ३० करोड खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले गत बर्षको तुलनामा ०.७१ प्रतिशतले घटेर १ अर्ब ३१ करोड ९२ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

बैंकले यस अवधिमा ५८ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि २९ अर्ब ६९ करोड कर्जा प्रवाह गएको छ। गत बर्षको यस अवधिमा बैंकले ५१ अर्ब ३९ करोड निक्षेप संकलन गरी ३० अर्ब ७९ करोड कर्जा प्रवाह गरेको थियो।

बैंकको खराब कर्जा अनुपात ०।२९ प्रतिशतबाट बढेर ०।८१ प्रतिशत पुगेको छ। बैंकको हालको चुक्ता पुंजी २ अर्ब २४ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम ४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

prime bank

 

प्राइम कम्रर्सियल बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसँगको तुलनामा १५ करोड ६१ लाख रुपैयाँले बढी हो। बैंकले गत बर्षको यस अवधिमा ५५ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

गत बर्षको यस अवधिमा ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानि गरेको बैंकले यस अवधिमा भने १ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै बैंकले यस अवधिमा ८६ करोड ४६ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

बैंकले यस अवधिमा ४६ अर्ब २७ करोड निक्षेप संकलन गरि ३७ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले गत बर्षको यस अवधिमा ३८ अर्ब १५ करोड निक्षेप संकलन गरि ३१ अर्ब १३ करोड कर्जा प्रवाह गरेको थियो।

बैंकको खराब कर्जा अनुपात २।८५ प्रतिशतबाट घटेर १।५९ प्रतिशतमा झरेको छ। बैंकको हालको चुक्ता पुंजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको जगेडा कोष रकम १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ।

ncc bankk

 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक बर्षको  तेस्रो त्रैमासिकसम्मको अवधिमा ३७ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसँगको तुलनामा ५ करोड ११ लाख रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकको खुद मुनाफा ३२ करोड २४ लाख रुपैयाँ रहेको थियो।

बैंकले यस अवधिमा ८२ करोड ९८ लाख रुपैया खुद ब्याज आम्दानी गरेको छ भने ३५ करोड ४८ लाख रुपैयाँ सन्चालन मुनाफा गरेको छ। बैंकले यस अवधिको संचालन मुनाफा गत बर्षको तुलनामा १ करोड ३२ लाख रुपैयाँले कम हो। बैंकले गत आर्थिक वर्षको यस अवधिमा ६१ करोड १७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो।

बैंकले यस अवधिमा २७ अर्व ४१ करोड रुपैयाँ निक्षेप संकलन गरि २३ अर्व १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यस अवधिमा १८ करोड ४९ लाख खराब कर्जा उठाउन सफल भएको छ ।

बैंकको खराब कर्जा अनुपात हाल २.४० प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा झरेको छ । २ अर्व ३५ करोड ३१ लाख रुपैयाँ चुक्ता पुंजी रहेको बैंकको जगेडा कोष रकम ९८ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ८४ पैसा पुगेको छ।

nmb bank 800

 

एनएमबी बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा ७७ करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा ३७ करोड रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकले ४० करोड ५ लाख रुपैंया खुद मुनाफा गरेको थियो।

बैंकले यस अवधिमा १ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। त्यस्तै ८६ करोड ७२ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।

बैंकले यस अवधिमा ५७ अर्ब ४५ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकले यसअवधिमा ३१ करोड २१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल छ।

बैंकको खराब कर्जा अनुपात ०।४७ प्रतिशतबाट बढेर १।७० प्रतिशतमा पुगेको छ। तीन विकास बैंक र एक फाइनान्स कम्पनीलाई आफुमा गाभेको बैंकको हालको चुक्ता पुंजी ४ अर्ब १५ करोड ४५ लाख रुपैंया पुगेको छ । त्यस्तै बैंकको प्रतिशेयर आम्दानी २४ रुपैंया ७५ पैसा पुगेको छ।

लुम्बिनी बैंक लिमिटेडले चालु आर्थिक बर्षको  तेस्रो त्रैमासिकसम्मको अवधिमा २७ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवधिसंगको तुलनामा ३ करोड १२ लाख रुपैयाँले बढी हो। गत बर्षको यस अवाधिमा बैंकले २४ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

बैंकले यस अवधिमा १ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३२ करोड ६६ लाख रुपैयाँ सन्चालन मुनाफा गरेको छ।

बैंकले यस अवधिमा २२ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकले ९ करोड २८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ।

बैंकको खराब कर्जा अनुपात ०।९२ प्रतिशत पुगेको छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब रुपैया रहेको छ भने जगेडा कोष रकम १४ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

 

नेपाल बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा १ अर्ब ६२ करोड खुद मुनाफा गरेको छ। जुन गत बर्षको यस अवाधिसंगको तुलनामा १ अर्ब २५ करोड रुपैयाँले बढी हो। गत बर्षको यस अवधिमा बैंकले मात्र ३६ करोड ६ लाख रुपैयाँ खुद मुनाफा गरेको थियो।

बैंकले यस अवधिमा ८२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत बर्षको यस् अवधिमा बैंकले ६८ अर्ब ६९ करोड निक्षेप संकलन गरी ४९ अर्ब ५८ करोड कर्जा प्रवाह गरेको थियो।

बैंकले यस अवधिमा २ अर्ब ९० करोड रुपैया खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २२ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ। गत बर्षको यस अवधिमा बैंकको २ अर्ब २० करोड खुद ब्याज आम्दानी र ३ करोड १ लाख रुपैयाँ संचालन घाटा रहेको थियो ।

बैंकको खराब कर्जा अनुपात ४।४८ प्रतिशतबाट घटेर ३।६७ प्रतिशतमा झरेको छ। बैंकको हालको चुक्ता पुंजी ६ अर्व ४६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोष रकम ९४ करोड ९० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved