२८ बाणिज्य बैंकमा कुनमा लगानी सुरक्षित र बढी प्रतिफलमुलक ? यस्ता छन लगानीका आधार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 11:43:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हाल नेपालमा संचालनमा रहेका २८ बाणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन। यस अवधिमा बाणिज्य बैंकहरुले करिब १० अर्ब रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन। यस अवधिमा जनता बैंक र सिभिल बैंक बाहेक अन्य बाणिज्य बैंकहरूले खुद मुनाफा बढाएका छन। 

बाणिज्य बैंकहरुमा कुमारी बैंकले मुनाफा तर्फ सबै भन्दा बढी प्रगती गरेको छ। यस अवधिमा कुमारी बैंकले खुद मुनाफा १८२ प्रतिशतले बढाएर १३ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक सबै भन्दा बढी मुनाफा कमाउने बाणिज्य बैंकमा परेको छ। यस अवधिमा बैंकले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

नेपाल राष्ट्र बैंकले पुंजी वृद्धि योजना ल्याएसंगै पुंजी बढाउन कस्सिएका बाणिज्य बैंकहरुले पुंजी पुर्याउन नीतिगत व्यवस्था गरे पनि पुंजी वृद्धिको अनुपातमा भने नाफा बढाउन सकेको देखिदैन। 

त्यस्तै बाणिज्य बैंकहरुको लगानीको प्रतिफल घटेको छ भन नाफाको तुलनामा प्रति शेयर नेटवर्थ कम प्रतिशतले बढेको छ। पछिल्लो समय तरलाको समस्यामा रहेका बाणिज्य बैंक हरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानी तथा संचालन आम्दानीमा राम्रो सुधार गरेका छन। 

पुंजी बढाउन बैंक तथा वित्तीय संस्थालाई गाभ्ने प्रक्रियाले समेत बाणिज्य बैंकहरुको नाफा बढाउन मद्दत पुगेको छ। तरलता अभाबको समस्याको भोगेका बाणिज्य बैंकहरुको ब्याजदर बढ्ने क्रम रहेपनि यसको प्रभाब भने आगामी त्रैमासमा पर्ने अपेक्षा गरिएको छ।

२८ बाणिज्य बैंक मध्य कुनमा लगानी सुरक्षित र बढी प्रतिफलमुलक ?
सामान्यतया कुनै पनि कम्पनीमा लगानी गर्नु पुर्व उक्त कम्पनीको वित्तीय तथा गैरवित्तीय तत्वको विश्लेषण गर्नु आवश्यक छ। कतिपय अवस्थामा कम्पनीका वित्तीय अवस्था राम्रा देखिएपनि गैर वित्तीय अवस्था भने कम्जोर हुन सक्छन। गैर वित्तीय विश्लेषणमा कम्पनीको संस्थागत सुशासन, संस्थापक, ब्यवस्थापक, संचालक, व्यवसायिक बातावरण लगायतका पर्दछन भने वित्तीय विश्लेषणमा बैंक तथा कम्पनीहरुका बार्षिक प्रतिबेदन तथा त्रैमासिक प्रतिवेदनमा प्रस्तुत वासलात, नाफा नोक्सान, आम्दानी खर्च, सम्पती दायित्व, निक्षेप, कर्जा परिचालन, प्रति शेयर आम्दानी, प्रति शेयर नेटवर्थ, मूल्य आम्दानीका अनुपात, निष्क्रिय कर्जा लगायतका प्रदछन। 

प्रति शेयर आम्दानी
करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ। कम्पनीले गर्ने कुल नाफा भन्दा प्रति शेयर आम्दानी हेरेर लगानी गर्नु बढी लाभदायक हुन्छ। 

बढी प्रतिशेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु बढी प्रतिफलमुलक हुने गर्छ। त्यसमाथि पनि बैंकको प्रति शेयर आम्दानी बढ्दो ट्रेन्डमा छ भने त्यस्तो बैंकको शेयरमा लगानी बढी सुरक्षित र भविष्यमा शेयर मूल्य बढ्ने सम्भावना हुनाले बढी नाफा कमाऊन सकिन्छ। पहिलो त्रैमासको विवरण हेर्ने हो भने एभरेष्ट बैंकको प्रति शेयर आम्दानी बढी देखिन्छ। त्यस्तै सिभिल बैंकको प्रति शेयर आम्दानी सबै भन्दा कम रहेको छ।  यद्दपी एभरेष्ट बैंकले घोषणा गरेको ७० प्रतिशत बोनस शेयर र बोनसपछी वितरण गर्ने ३३ दशमलब ३३ प्रतिशत हकप्रद समायोजन पछि इपिएस घट्ने छ।

मूल्य आम्दानी अनुपात 
शेयर मूल्य र आम्दानीबीचको अनुपातलाई मूल्य आम्दानी अनुपात भनिन्छ। कम्पनीको तत्कालको शेयर मूल्य शेयरमा लगानी गर्दा तुलनात्मकरुपमा कम मूल्य आम्दानी अनुपात भएको कम्पनी छनौट गर्नु उचित हुन्छ। 

उदाहरणका लागि कुनै कम्पनीको पछिल्लो प्रति शेयर आम्दानी ३० रुपैयाँ छ र सो कम्पनीको बजार मूल्य ३०० रुपैयाँ रहेको छ भने बजार मूल्यलाई पछिल्लो प्रति शेयर आम्दानीले भाग गर्दा १० गुणा हुन आउंछ। यसको अर्थ कम्पनीले कमाएको १ रुपैयाँ आम्दानी बराबर लगानीकर्ताले १० रुपैयाँ तिरिरहेका छन। यस अवधिमा प्रभु बैंकको मूल्य आम्दानी अनुपात सबै भन्दा बढी छ भने नेपाल बैंकको सबै भन्दा कम रहेको छ। 

चुक्ता पुंजी
त्यसो त नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब नै बाणिज्य बैंकहरुको अन्तिम लक्ष्य होइन। भविष्यमा चुक्ता पुंजी अझै बढाउनु पर्ने हुन सक्छ। तत्कालको अवस्थालाई मात्र आधार मान्ने हो भने चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाँकी रहेका बाणिज्य बैंक त्यसमा पनि हकप्रद बिक्रि गरि लगानीकर्ताबाट पैसा उठाउने भन्दा पनि बोनस वितरण गरि पुंजी ८ अर्ब पुर्याउन सक्ने बैंकको शेयरमा लगानी बढी फाइदा मुलक हुन्छ। 

कर्जा निक्षेप अनुपात 
बैंकहरुले संकलन गरेको कुल निक्षेपले कुल कर्जालाई भाग गरेपछि आउने अनुपातलाई कर्जा निक्षेप अनुपात भनिन्छ। कर्जा निक्षेप अनुपात ८० प्रतिशत भन्दा बढी भएको बैंकमा जोखिम बढेको सकेंत गर्छ भने यो अनुपात अत्यन्त कम भएमा नाफाको वृद्धि कम हुन् जान्छ। बैंकले निक्षेप बढाउंदै जाने र त्यहि अनुसार कर्जा परिचालन गरी खराब कर्जा अनुपात घटाएको अवस्थाको अध्ययनबाट समेत बैंकका लगानी कति फाइदामुलक र सुरक्षित छ भन्ने अनुमान गर्न सकिन्छ। 

निष्क्रिय कर्जा अनुपात 
सामान्यतया ५ प्रतिशत भन्दा बढी खराब कर्जा अनुपात भएका बैंक खराब वित्तीय अवस्था भएको या बढी जोखिममा भएको मानिन्छ। कम खराब कर्जा अनुपात भएका बैंकको शेयरमा लगानी बढी फाइदामुलक र सुरक्षित मानिन्छ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved