किन खुम्चियो सर्वाधिक महँगो शेयर मूल्य भएको युनिलिभरको कमाई ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 01:23:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा युनिलिभर नेपाल लिमिटेडको कमाईमा गिरावट आएको छ। गत आर्थिक बर्षको यस अवधिमा १९ करोड ४७ लाख रुपैयाँ कमाई गरेको कम्पनीले यस अवधिमा भने १७ करोड ३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 

यस अवधिमा कम्पनीको संचालन नाफा २ करोड ७० लाख रुपैयाँले घटेर २२ करोड ५७ लाख रुपैयाँमा सिमित भएको छ। करिब ३ महिनासम्म मजदुर आन्दोलन झेलेको कम्पनीको उत्पादनमा बिक्रिमा समेत गिरावट आएपछि संचालन आम्दानीमा गिरावट देखिएको हो। 

यस अवधिमा कम्पनीको खर्च भने ८० करोड बाट घटेर ६४ करोडमा पुगेको छ। त्यस्तै यस अवधिमा कम्पनीको प्रतिफल र जगेडा कोष ९३ करोड ६८ लाखबाट बढेर १ अर्ब २८ करोड पुगेको छ।     

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २११ रुपैयाँबाट घटेर १८५ रुपैयाँमा पुगेको छ भने प्रति शेयर नेटवर्थ १२८९ तथा मूल्य आम्दानीको अनुपात २५ दशमलब ०९ गुणा रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved