यस्तो छ आधा दर्जन विकास बैंकहरुको वित्तीय विवरण, हेर्नुस कसको मुनाफा कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:29:07 AM मा प्रकाशित

laxmi  sunrise bank

yati dev bank

यती डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा दुई गुणा भन्दा बढीले खुद मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा १३ करोड ९२ लाख खुद मुनाफा गरेको बैंकले यस अवधिमा ३६ करोड २९ लाख रुपैयाँ मुनाफा गरेको छ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य सुधार गरेको छ। यस अवधिमा बैंकले ३७ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९ करोड १८ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

यस अवधिमा बैंकले १० अर्ब ८५ करोड निक्षेप संकलन गरी ८ अर्ब ७६ करोड कर्जा तथा लगानी गरेको छ। बैंकले खराब कर्जा अनुपात ७.९१ प्रतिशतलाई झारेर ४.१७ प्रतिशतमा पुर्याएको छ। यस अवधिमा बैंक ४२ करोड ३६ लाख खराव कर्जा उठाउन सफल भएको छ ।

हाल बैंकको चुक्ता पुंजी १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा ऋणात्मक रहेको बैंकको जगेडा कोष रकम ४ करोड ९० लाख रुपैयाँले धनात्मक भएको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २६.१८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात १२.३० गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १५४ रुपैयाँ रहेको छ।

supreme bankसुप्रिम डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा दुई गुणा भन्दा बढीले खुद मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा ७ करोड ५५ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यस अवधिमा १७ करोड ६३ लाख रुपैयाँ मुनाफा गरेको छ।

यस अवधिमा बैंकले ३१ करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ २४ करोड १६ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

यस अवधिमा बैंकले ८ अर्ब ३० करोड निक्षेप संकलन गरी ६ अर्ब ४१ करोड कर्जा तथा लगानी गरेको छ। बैंकले खराब कर्जा अनुपात ०.३९ प्रतिशतमा पुर्याएको छ। यस अवधिमा बैंक ३ करोड १३ लाख खराव कर्जा उठाउन सफल भएको छ ।

हाल बैंकको चुक्ता पुंजी ९३ करोड ३३ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १८.९० रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात ११.११ गुणा, रहेको छ । प्रति शेयर नेटवर्थ १२८.५४ रुपैयाँ रहेको छ।

fewa dev bankफेवा बिकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा ३८ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा २१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यस अवधिमा ३० करोड ५ लाख रुपैयाँ मुनाफा गरेको छ।

यस अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ४० करोड ५१ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

यस अवधिमा बैंकले ११ अर्ब ६३ करोड निक्षेप संकलन गरी १० अर्ब २२ करोड कर्जा तथा लगानी गरेको छ। बैंकले खराब कर्जा अनुपात घटाएर ०.५४ प्रतिशमा पुर्याएको छ भने यस अवधिमा बैंक ७ करोड ४ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

हाल बैंकको चुक्ता पुंजी ९९ करोड ५० लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३० .२० रुपैयाँ र मुल्य आम्दानीेको अनुपात १८.५४ गुणा रहेको छ भने प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ रहेको छ।

gandaki dev bankगण्डकी बिकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा २१।२९ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा १० करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यस अवधिमा १३ करोड १२ लाख रुपैयाँ मुनाफा गरेको छ।

यस अवधिमा बैंकले २६ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ १९ करोड ६४ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

यस अवधिमा बैंकले ५ अर्ब ५३ करोड निक्षेप संकलन गरी ४ अर्ब ६१ करोड कर्जा तथा लगानी गरेको छ। बैंकले खराब कर्जा अनुपात घटाएर ०.१९ प्रतिशमा पुर्याएको छ भने यस अवधिमा बैंक ६६ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

हाल बैंकको चुक्ता पुंजी ५३ करोड ८५ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४.३८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १६.९० गुणा, प्रतिशेयर नेटवर्थ १४०.२४ रुपैयाँ रहेको छ।

hamro wikas bankहाम्रो बिकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा दोब्बरले खुद मुनाफा बढाउन सफल भएको छ। बैंकले गत आर्थिक बर्षको यस अवधिमा ३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यस अवधिमा बैंकले खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको देखाएको छ जसले खुद मुनाफा बढेको छ। त्यस्तै बैंकले यसअवधिमा संचालन मुनाफामा समेत सुधार गरेको छ।

यस अवधिमा बैंकले १ अर्ब निक्षेप संकलन गरी ८४ करोड कर्जा तथा लगानी गरेको छ। बैंकले खराब कर्जा अनुपात ०।८७ प्रतिशतमा घटाउन सफल भएको छ। यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ३८ रुपैयाँ रहेको छ।

birat dev bankबिराट लक्ष्मी विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकसम्मको अवधिमा खुद मुनाफामा सामान्य सुधार गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा ९ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यस अवधिमा १० करोड ११ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

बैंकले यस अवधिमा खुद ब्याज आम्दानी र संचालन मुनाफामा समेत सुधार गरेको छ। यस अवधिमा बैंकले २१ करोड ९५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

यस अवधिमा बैंकले ५ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ अर्ब ३ करोड कर्जा प्रवाह गरेको छ। बैंकले खराब कर्जा अनुपात ०.४२ प्रतिशतमा झारेको छ।

हाल बैंकको चुक्ता पुंजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ भने बैंकले यस अवधिमा जगेडा कोष रकम १७ करोड ९८ लाख रुपैयाँ पुर्याएको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २३.७८ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात १६.८२ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १४२.१४ रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved