एनएमबि बैंक: वर्तमान वित्तीय अवस्थादेखि सम्भावित मुनाफासम्म (कम्पनी विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 30, 2018 | 10:53:21 AM मा प्रकाशित

laxmi  sunrise bank





















क्रेडिट संकुचन 

पहिलो त्रैमासमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात औषतमा ७७।७२ प्रतिशत छ। यस अवधिमा एनएमबिको सिसिडी अनुपात ७८.३१ प्रतिशत छ। ५० प्रतिशत भन्दा बढी बाणिज्य बैंकहरुको कर्जा निक्षेप ८० प्रतिशतको लाइनमा छ।    

कारोबार संचालन 

अन्य बाणिज्य बैंकहरुझैँ एनएमबि बैंकको पनि प्रदेश ३ मा बलियो उपस्तिथी देखिन्छ। काठमाडौंमा मात्रै एनएमबिका १९ वटा शाखाहरु संचालनमा छन। पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार बैंकको कुल आम्दानी मध्य ७८ प्रतिशत आम्दानी प्रदेश ३ बाट मात्रै छ। बैंकको कुल मुनाफा मधे प्रदेश ३ को योगदान ८४ प्रतिशत छ। त्यस्तै कुल सम्पतीको ६९ प्रतिशत सम्पती प्रदेश तीनमा नै रहेको छ। प्रदेश ३ मा बलियो पकड बनाएको एनएमबि बैंक प्रदेश ४ र ७ मा भने तुलातान्मक रुपमा फितलो देखिन्छ। 

बैदेशिक मुद्रामा ऋण लिने पाउने बैंकमा पनि पहिलो :

एनएमबि बैंक बिदेशी मुद्रामा ऋण ल्याउनका लागि आइएफसी बाट अनुमति प्राप्त गर्नेमा पहिलो बाणिज्य बैंक हो। 

तुलनात्मक रुपमा कारोबारको तह उच्च 

बैंकको सेयर डिसेम्बर २० २०१८ मा प्रति कित्ता ३८० रुपैयाँमा कारोबार भएको छ। उक्त दिन २८ वटा बाणिज्य बैंकको औषत सेयर मुल्य प्रतिकित्ता ३३३ रुपैयाँ ६३ पैसा छ। यसलाई आधार मान्दा एनएमबि बैंकको सेयर मुल्य बैंकहरुको औषत मुल्य भन्दा करिब १६ प्रतिशत बढी मुल्यमा कारोबार भएको छ। 

त्यस्तै १८० दिनको औषत मुल्यलाई लिंदा बैंकको सेयर मुल्य १.४४ प्रतिशत प्रिमियममा कारोबार भएको छ। जसले यसको सेयर 'फेयर' मुल्यमा कारोबार भएको देखाउंछ। बैंकले गत आर्थिक बर्षबाट दिने १० प्रतिशत बोनस सेयर समायोजन पश्चात बैंकको सेयर मुल्य बैंकहरुको औषत मुल्यमा आउने अपेक्षा गर्न सकिन्छ। 

मुल्य आम्दानी वृद्धि 

सामान्यतया १ भन्दा तल पीईजी भएकोलाई आकर्षित मा गणना गरिन्छ। बैंकको मुल्य आम्दानी अनुपात बैंकहरुको औषत भन्दा दुई गुणा छ, यद्दपी बैंकको पीईजीले बैकको सेयर तुलनात्मक रुपमा लगानीकर्ताको आकर्षणमा रहेको देखाउंछ। 

पछिल्लो ३ आर्थिक बर्षको सीएजीआर लाई आधार मान्दा एनएमबिको खुद कमाईको पीईजी ०.४३३ छ, जबकी बैंकहरुको औषत पीईजी ०.४६ छ। यसले औषत भन्दा बैंकको सेयरमा लगानी कम जोखिम छ भन्ने देखाउंछ। 

स्वस्थ वित्तीय अवस्था

बैंकको वित्तीय अवस्था मजबुत देखिन्छ। चालु आर्थिक बर्षको पहिलो त्रैमासलाई लिंदा बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ ६३ पैसा र बुक भ्यालु प्रतिसेयर १७६ रुपैयाँ ६०३ पैसा देखिन्छ, जुन बैंकहरुको औषत मुल्य भन्दा बढी हो। गत आर्थिक बर्षसंगको तुलनामा बैंकको यो प्रगति १८।८१ प्रतिशतले बढी हो। बैंकको अहिलेको वित्तीय अवस्थालाई आधार मान्दा बैंकले चालू आर्थिक बर्षमा २ अर्ब २० करोड भन्दा बढी खुद मुनाफा आर्जन गर्ने देखिन्छ।

दुई आर्थिक बर्ष लगातार उत्कृष्ट बैंक

बैंकले दुई आर्थिक बर्ष लगातार उत्कृष्ट बैंकको अवार्ड हात पारेको छ। बेलायतको फाइनान्सियल टाइमले बैंकलाई २०१७ र २०१८ गरी लगातार दुई पल्ट उत्कृष्ट बैंकबाट सम्मानित गरेको हो। यो पुरस्कार बैंकले सेयरधनीहरुलाई दिने प्रतिफल, बैंकको पर्फर्मेन्स, सेयरधनीको भ्यालु, ग्राहकलाई दिने सुविधा, बैंकको अग्रसरता, कर्पोरेट गभर्नेन्स लगायतका सूचकहरुलाई आधार मानेर तय गरिन्छ। 

नेपालको बैंकहरुमा ठुलो ऋण प्रवाह गर्ने मध्येमा पहिलो 

बैकहरुले बिभिन्न उद्योग धन्धा तथा व्यवसायमा ऋण प्रवाह गर्नेगर्छन। त्यसमा एनएमबि बैंक एकै व्यवसायमा ठुलो ऋण प्रवाह गर्नेमा समेत पहिलो नम्बरमा पर्छ। हालै मात्रै नेपालकै ठुलो सिमेन्ट उद्योग होंग्सी शिभम सिमेन्टलाई दिइएको कुल १६ अर्ब मध्ये बैंक एक्लैले ६ अर्ब ७५ करोड  कर्जा दिएको छ। 

३ अर्बको डिबेन्चर पाइपलाइनमा:

बैंकले ७ बर्षे म्याचुरिटी समय भएको ३ अर्बको डिबेन्चर निष्काशनका लागि अनुमतिको पर्खाईमा छ। ब्याजदर निर्धारण बाँकी नै रहेको छ। 



मुनाफा वृद्धि:

एनएमबि बैंकको पछिल्लो तिन आर्थिक बर्षको मुनाफा वृद्धि बैंकहरुको औषत भन्दा डबल रहेको छ। अन्य बैंकहरुसंगको पहिलो त्रैमासको कमाई  तुलना गर्दा एनएमबि को मुनाफा मध्यम तहमा देखिन्छ।  पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन तथा कर्जा प्रवाहलाई आधार मान्दा आगामी दिनमा बैंकको प्रगति औषत भन्दा माथि रहने अपेक्षा गर्न सकिन्छ।

निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धि:

निक्षेप संकलन तथा कर्जा प्रवाहमा एनएमबि बैंक १२ औं नम्बरबाट ११ औं मा आइपुगेको छ। बैंकले निक्षेप संकलन तथा कर्जा प्रवाह औषतमा राम्रो देखिन्छ।    

मजबुत पुंजी:

एनएमबि बैंक पुंजी तथा रिजर्भमा मजबुत अवस्थामा छ। आगामी २३ औं बार्षिक साधारणसभाबाट बैंकले १० प्रतिशत बोनस प्रस्ताब पारित गर्दैछ। जसबाट बैंकको चुक्ता पुंजी बढेर ९ अर्ब ६१ करोड पुग्नेछ। 

जगेडा कोषको आधारमा अहिलेलाई एनएमबि बैंक पाचौं स्थानमा पर्छ। हालै मात्र जारि गरेको एफपीओबाट बैंकले २ अर्ब ६६ करोड प्रिमियम संकलन गरेको छ जसले गर्दा पनि बैंकको रिजर्भ बलियो अवस्थामा देखिन्छ।  

आरामदायी कार:

बैंकले आफ्नो कार आरामदायी अवस्थामा कायम गर्न सक्षम देखिएको छ। बैंकको कार औषत भन्दा माथी १४।६२ प्रतिशत छ। हालै मात्रै बैंकले घोषणा गरेको २० प्रतिशत नगद लाभांशका कारण बैंकको कार घट्ने देखिन्छ तर बैंकले जारि गर्न लागेको ३ अर्बको डिबेन्चरले त्यसको व्यवस्थापन हुने देखिन्छ। आगामी दिनमा कार बढ्ने देखिन्छ। जसले गर्दा बैंकले थप कर्जा प्रवाह गरि कारोबार विस्तार तथा मुनाफा बढाउन सक्छ। 

सिसिड़ी अनुपात:

बैंकहरुको औषत सिसिड़ी ७७।७२ प्रतिशत भन्दा बैंकको सिसिड़ी केहि बढी छ। २० प्रतिशत नगद लाभांश दिंदा सिसिड़ी अनुपात बढ्ने देखिन्छ तर ३ अर्बको डिबेन्चरले त्यसलाई सन्तुलनमा राख्न सक्ने देखिन्छ। अन्यथा बैंकले निक्षेप संकलनको दर बढाउन बाध्य हुनेछ। 

व्यवसायिक वृद्धि :

खराब कर्जा अनुपात: 

बैंकको खराब कर्जा अनुपात एनपीएल बैंकहरुको औषत भन्दा कम नै रहेको छ। पहिलो त्रैमासमा बैंकको एनपीएल १।३३७ प्रतिशत छ। जुन अघिल्लो आर्थिक बर्षसंगको तुलनामा कम हो। 

लाभांश दर:

नेपाल राष्ट्र बैंकले 'काउन्टर साइकल क्यापिटल बफर' लागू गर्ने सूचनाले बैंक वित्तीय संस्थाको कार बढ्ने देखिन्छ। यसले बैंकहरुलाई नगद भन्दा बोनस सेयर वितरण गर्न प्रोत्साहित गर्ने देखिन्छ। 




# 1 Day 10% VAR can be interpreted in two ways as below:

I. There is 10% probability that the loss on investment in NMB will be 2.99% or more on any normal trading day. OR

II. There is 90% confidence that the loss on investment in NMB will be less than 2.99% on any normal trading day.

# 1 Day 10% CVAR can be interpreted as:

# The bank has comparatively higher investment risk as per VAR among the Commercial banks.





There is 10% probability that the average losses in excess of VAR on investment in NMB will be 3.92% on any single trading day

Note: Parametric method assumes normal distribution.


कम्पनी प्रोफाइल 

नेपालको बैंकिङ उद्योगमा २० बर्षलामो इतिहास बोकेको एनएमबि बैंक क बर्गको लिडिंग बैक मध्ये एक हो। एनएमबि ले आफ्नो यात्राको सुरुवात 'नेपाल मर्चेन्ट बैंकिङ एण्ड फ़ाइनान्स कम्पनी' को रुपमा सन १९९६ बाट गरेको हो। कारोबार विस्तारको क्रमलाई निरन्तरता दिंदै बैंकले सन २००८ मा क बर्गको बाणिज्य बैंकको रुपमा लाइसेन्स पाएको हो। 

अहिले बैंकको व्यवस्थापनको नेतृत्त्व अध्यक्षका रुपमा पवन कुमार गोल्यानले गरेका छन भने संचालनको नेतृत्त्व प्रमुख कार्यकारी अधिकृतको रुपमा सुनिल केसीले गरेका छन। 

एनएमबि बैंक अन्तर्गतका अन्य संस्था

एनएमबि क्यापिटल (बैंकको पूर्ण स्वामित्व)

एनएमबि माइक्रोफाइनान्स (५१ प्रतिशत स्वामित्व)

मुख्य सेयरहोल्डर 

-नेदरल्याण्ड बेस एफएमओ २० प्रतिशत (जोइन्ट भेन्चर)

-कर्मचारी संचय कोष ८।०७ प्रतिशत 

-योंग लियन रिएल्टि एसडीएन बिएचडी, मलेसिया ६।१६ प्रतिशत 

  



Moving Average: SMA-14 has crossed above both SMA-50 and SMA200 implying upward momentum of the stock on a long run. However, SMA-50 has crossed below SMA-14 giving bearish outlook in short run.

Bollinger Bands: Price has reached the upper band showing higher number of buyers for the stock. We expect the price to correct in a while but believe the strong upward momentum.

RSI: RSI (14) of the stock is 69 signaling nearly overbought situation given the downtrend of the overall market. Though it shows strong uptrend signal, we expect the seller to come thereby pushing the price down after bonus share adjustment.

Volume: The stock is found to be gaining up momentum since a month of this report date with rising prices supported by increasing volumes. 20 days moving average volume is 78.7K whereas daily volume has crossed 148k. This shows good enthusiasm of market participants on the stock.

Support and Resistance: Rs. 300 – Rs. 440

नोट:

कम्पनी विश्लेषण समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved