आशा लघुवित्तको आईपिओ: ३ बर्षमा ५३ प्रतिशत लाभांश, सुरुवातमै ७ गुणा आम्दानी (रिपोर्ट)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2019 | 10:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले केसीएल अस्टुट क्यापिटलसंगको सहकार्यमा संचालनमा ल्याएको 'मार्केट वाच' अन्तर्गत आइपीओं/एफपीओ बिक्रिमा ल्याउने कम्पनीको विश्लेषण गर्ने गर्दछ । हाम्रा पाठक तथा सेयरबजारका सुचिकृत कम्पनीहरुमा लगानी गर्न चाहनेहरुलाई सहजीकरणका लागि यो विश्लेषण गर्न थालिएको हो। 

कम्पनीहरुले आइपीओ-एफपीओ जारि गर्नु पुर्व उनीहरुको वास्तविक अवस्थाबारे जानकारी दिने उदेश्य अन्तर्गत हामीले सर्वसाधारणको लागि माघ १८ देखि आइपिओ बिक्रिमा ल्याएको आशा लघुवित्त वित्तीय संस्थाको विश्लेषण गरेका छौँ। कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिएर लगानीको निर्णय लिनमा सहज होस् भन्ने उदेश्यले यो नयाँ कदम थालिएको हो। 


भर्खरै २ बर्षदेखि संचालनमा आएको र सिमित कार्यक्षेत्र भएकाले आशा लघुवित्तसामु अन्य राष्ट्रिय स्तरको लघुवित्त तथा वित्तीय संस्थासंग प्रतिस्पर्धा गर्नुपर्ने कडा चुनौती छ। 

लघुवित्तबारे 

लघुबित्तले २०७३,भदौ १ मा रजिस्टर्ड भई भदौ १५ देखि लघुवित्त सेवा थालेको हो। ककनी-६ नुवाकोटमा केन्द्रिय कार्यालय रहेको यस लघुवित्तले प्रत्येक समुहमा ५ जना बनाएर सामुहिक रुपमा लघुवित्त सेवा दिंदै आएको छ। 

लघुवित्तको बिस्तार

लघुवित्तले हाल देशभरका २४ जिल्लामा पुगेर ४३ शाखा कार्यालय मार्फत आफ्नो सेवा दिंदै आएको छ। लघुवित्तसंग ४० हजार प्लस सेवाग्राही छन भने अन्य लघुवित्तमा झैं यसमा पनि सेवाग्राहीमा महिलाको नै संख्या अधिकछ। लघुवित्तले आगामी आर्थिक बर्षभित्र थप ९ शाखा बिस्तार गर्ने प्रतिबद्दता जनाएको छ।     

मुल्यांकन र मान्यता 

तीनवटा मुल्यांकन बिधिको प्रयोग गर्दा अहिलेको अवस्थामा कम्पनीको सेयरमुल्य ६९१ रुपैयाँ हुन्छ। यसको मुल्य आम्दानी अनुपात निर्धारणका लागि हाल संचालनमा रहका ५ वटा राष्ट्रिय स्तरका {NMBMF, NADEP, NMFBS, MSMBS & CLBSL} को मुल्य आम्दानी अनुपातसंग तुलना गरेका छौँ। 

चालू आर्थीक बर्षको पहिलो त्रैमासको वित्तीय विवरणलाई आधार मानेर प्रतिसेयर आम्दानी र बुक भ्यालू प्रति सेयर निर्धारण गरिएको हो। यसको मुल्यको आधार माघ १५ को तथ्यलाई लिइएको हो। 

लाभांश प्रक्षेपण 

लघुवित्तले चालू आर्थिक बर्षमा ८ प्रतिशत र अर्को आर्थिक बर्ष ७६-७७ र  ७७-७८ मा क्रमश २० र २५ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ। लघुवित्तले चुक्तापुंजी वृद्धि नहुने प्रक्षेपण गरेकाले लाभांशमा सम्भवत: नगद हुनेछ।   

ग्रेडिङ

लघुवित्तको प्रस्तावित आइपीओले केयर रेटिंग नेपालबाट 'केयर एनपी ग्रेड ४' पाएको छ। यसको अर्थ कम्पनीको सम्पूर्ण अवस्था औषत भन्दा कम्जोर छ भन्ने बुझाउछ। नयाँ कम्पनीहरुको वित्तीय अवस्था र अन्य सूचकहरु सुरुवाती अवस्थामा सामान्य हुने भएकाले नयाँ कम्पनीले सामान्यतया कम्जोर रेटिंग पाउने गर्छन। रेटिंग गर्ने कम्पनीहरुले समेत रेटिंगलाई आधार मानेर लगानी निर्णय गर्न नहुने बताउछन।

'आईपिओ/एफपीओ रेटिङ्ग सेयर किनबेचको आधार होइन' केयर नेपालका सीईओ गोयल (अन्तर्वार्ता)


वित्तीय अवस्थाको हाइलाइट र आउटलुक 

कम्पनीको वित्तीय अवस्था बलियो देखिएको छ। सकारात्मक इपिएस र ७४-७५ मा बुक भ्यालु पार भन्दा माथि यसका बलिया पक्ष हुन। लघुवित्तको बुक भ्यालु उद्योगको औषत भन्दा कम भएपनि आगामी दिनमा उत्कृष्ट अवस्थामा पुग्ने कुरालाई नकार्न सकिन्न।

प्रक्षेपण गरिएको आम्दानी र लाभांश दरलाई हेर्दा कम्पनीले लघुवित्तको औषत अवस्थालाई समात्ने देखिन्छ। 

कर्जा प्रवाहमा समेत महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै लघुवित्तअघि बढेको रिपोर्टले बोल्छ। प्रक्षेपणले उसको खुद मुनाफा यो बर्ष १४८ प्रतिशत र आगामी बर्ष १२७ प्रतिशतले बढ्ने देखाउंछ । जबकि तेस्रो बर्ष ७७-७८ मा ८.५२ प्रतिशतले मात्र खुद मुनाफा बढ्ने प्रक्षेपण गरेको छ। 

त्यस्तै खराब कर्जा अनुपात र सम्भावित नोक्सानी अस्वाभाविक रुपले कम हुने लघुवित्तको प्रक्षेपणमा उल्लेख छ।   लघुवित्तको संचालन खर्च, कर्मचारी खर्चले उसको आम्दानीमा रोकावट देखिएको छ। जे भएपनि प्रक्षेपित रिपोर्टमा लघुवित्त सामान्य अवस्थामा नैअघि बढ्ने देखाईएको छ। 

चालू आर्थिक बर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद मुनाफा २६ लाख ७७ हजार छ, जुन लघुवित्त उद्योगको औषत भन्दा पनि कम हो। हाल कम्पनीको चुक्ता पुंजी १४ करोड रहेकोमा आईपिओ निष्काशनपछि कम्पनीको पुंजी २० करोड ७४ लाख पुग्ने छ । 

 

जारि आइपीओबारे 

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई पुस २९ गते आइपीओं निष्काशनको अनुमति दिएको थियो। कम्पनीले ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन गरेको छ। 

कम्पनीले सुरुमा गत बर्ष पुस ३ मा ३ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गरेको थियो । तर गत भदौमा कम्पनीले ६ करोड कित्ता शेयर निष्काशन गर्ने गरी बोर्डमा प्रस्ताव पठाएको थियो । पछि फेरी लघुवित्तले पुंजी वृद्धि योजनामा परिमार्जन गर्दै ७४ हजार कित्ता शेयर थपेर ६ लाख ७४ कित्ता आईपिओ निष्काशनको प्रस्ताव गरेको थियो  ।  

आईपिओमा लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र ढिलोमा फागुन १९ गतेसम्म आवेदन दिन सक्ने छन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३ हजार ३ सय ७० कित्ताको लागि आवेदन दिन सक्ने छन।  आवेदन आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर मार्फत अनलाइन पनि दिन सकिने छ  ।  

कुल ६ लाख ७४ हजार कित्ता मध्ये ०.५ प्रतिशत अर्थात् १० हजार ३ सय ७० कित्ता कमर्चारीलाई र ५ प्रतिशत अर्थात् ३३ हजार ७ सय कित्ता सामुहिक लगनी कोषलाई छुट्याइएको छ  ।  बाँकि रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन।

बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल

आईपिओ निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। रेटिंगमा ४ आएकाले क्यापिटलले एनआइबिएल एस क्यापिटलबाट लघुवित्तको आइपीओ शतप्रतिशतले प्रत्याभूत गरेको छ। यसको अर्थ लघुवित्तको नबिकेको आइपीओं एनआईबिएल एस क्यापिटलले खरिद गर्नेछ।   

नोट:

बजारका सूचकहरु र कम्पनीको वित्तीय अवस्थालाई आधार मानेर यो रिपोर्ट तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। 

यस आइपीओ/एफपीओं विश्लेषणमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

यो पनि : घलेम्दी हाइड्रोको आइपीओ विश्लेषण: शंकाको घेरामा १० प्रतिशत लाभांश (रिपोर्ट सहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved