ग्रामिण विकास लघुवित्तको लाभांश २ वर्षपछि ! (विश्लेषण)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 12:51:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न समुहका कम्पनी मध्ये लघुवित्त समुहका कम्पनी लगानीकर्ताको रोजाईमा पर्ने गरेको छ | साधारण शेयर जारी गरिरहेको आशा लघुवित्त बाहेक हाल ४० वटा लघुवित्त कम्पनी सूचीकरण भएर कारोबार भईरहेको छ | त्यसमा पनि शुरुदेखि नै लगानीकर्ता र कारोबारीको रोजाइमा परेको ग्रामिण विकास लघुवित्त (साविक नेपाल ग्रामिण विकास बैंक) पनि एक हो | 

अहिलेको ग्रामिण विकास लघुवित्तको रुपमा व्यावसायिक गतिविधि गरिरहेको यो कम्पनी स्थापना हुँदा पाँच विकास क्षेत्रमा एक/एक वटा खुलेका थिए | ५ वटा मध्ये वुटवलमा रहेको  पश्चिमान्चल ग्रामिण विकास बैंक मात्र नाफामा रहेको थियो | बाँकीको अवस्था नाजुक रहेका कारण सबै ग्रामिण विकास बैंकहरुलाई गाभेर ‘नेपाल ग्रामिण विकास बैंक’ बनाइएको थियो | सोहि ‘नेपाल ग्रामिण विकास बैंक’ अहिले ‘ग्रामिण विकास लघुवित्त’ को रुपमा रुपान्तरण भएको हो | 

दोस्रो त्रैमासिक झलक 

लघुवित्त भन्नेवित्तिकै ‘सास र गाँस’ छोडेर दौडिनेको भिडमा यो लघुवित्त पनि पर्ने गरेको छ | हरेक पटकको त्रैमासिक वित्तीय विवरण प्रकाशन हुनासाथ ग्रामिणले यति कमायो अब नाफा (बोनस) बाँड्छ भन्दै फेसबुकका भित्तादेखि एकआपसमा यसको चर्चा चल्ने गर्छ | 

कम्पनीले आर्थिक वर्ष २०७५/७६ दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ | प्रकाशित विवरणका केहि झलकहरु यस्ता रहेका छन |  

केहि प्रमुख वित्तीय झलक (रकम रु. मा)

विवरण

पौष

(२०७५)

पौष

(२०७४)

अन्तर

(प्रतिशत)

चुक्ता पूँजी

६५,५०,००,०००

६५,५०,००,०००

शून्य

जगेडा तथा कोष

३८,४१,५८,०००

२३,८१,४७,०००

६१.३१

व्याज आम्दानी

,००,२२२०००

७१,५५,४८,०००

११.८३

खुद व्याज आम्दानी

४४,५४,७४,०००

४०,३५,३७,०००

१०.३९

खुद नाफा नोक्सान

११,३४,३३,०००

,७९,५५,०००

१५.८०

पूँजीकोष (प्रतिशत)

.५९

.०३

.९६

निष्क्रिय कर्जा (प्रतिशत)

.

.४९

.९६%

नेटवर्थ

१५८

१५१

 

प्रतिशेयर आम्दानी

३४

२९

 

कम्पनीको जगेडा कोष, व्याज आम्दानी र खुद नाफामा वृद्धि देखिएको छ |  नाफा नोक्सान हिसाब खातासँगै सूचकांकमा पनि केहि वृद्धि देखिएको छ | पूँजीकोष झन्डै ८ प्रतिशतले बढेको छ | तर अझ पनि तोकिएको न्यूनतम सिमा पुग्न सकेको छैन | नेपाल राष्ट्र बैंकले लघुवित्तको लागि पूँजीकोष ८ प्रतिशत तोकेको छ | यसपटक निष्क्रिय कर्जाको अनुपात बढ्न गएको देखिन्छ | 

वित्तीय विवरण हेर्नासाथ लगानीकर्ताहरुको पहिलो नजर प्रतिशेयर आम्दानी र नेटवर्थमा पर्छ | प्रतिशेयर आम्दानी हेरेर यसले यति र उति दिन्छ भनेर जोड घटाउ शुरु गर्नुहुन्छ | ग्रामिणकप हकमा पनि यस्तै प्रतिशेयर आम्दानी हेरेर यति र उति भन्दै गरेको हिसाब फेल भएको छ | यसो हुनुको कारण कम्पनी संचित घाटामा रहनु हो | 

यो पनि: आशा लघुवित्तको आईपिओ: ३ बर्षमा ५३ प्रतिशत लाभांश, सुरुवातमै ७ गुणा आम्दानी (रिपोर्ट)


जगेडा कोषको भ्रम 

धेरैको नजरमा जगेडा कोष एउटा मृगतृष्णा बनेको छ | जगेडा कोषमा देखिने सबै रकम बाँडफाँडयोग्य हुन्न | यस्ता कोषमा कस्ता-कस्ता रकम राखिएका हुन्छन भनेर बुझ्न र थाहा पाउनको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ | प्रतिवेदनमा वासलात, नाफा-नोक्सान हिसाब र नाफा नोक्सान बाँडफाँड हिसाब जस्ता विषयका अतिरिक्त नगद प्रवाह, इक्विटीमा परिवर्तन लगायत विवरण यसमा रहेको हुन्छ | त्रैमासिक वित्तीय प्रतिवेदनमा देखिने एकमुष्ट जगेडा कोषमा देखिएको सबै रकम बाँडफाँडको लागि योग्य हुन्न | कुन-कुन रकम बाँडफाँड गर्न मिल्ने भन्ने सन्दर्भमा पूँजीगत जगेडा, शेयर प्रिमियम र लगानी समायोजन कोष जस्ता रकम मात्र बाँडफाँडयोग्य हुन्छन | यस्तो रकमको योगदान भने खास धेरै हुन्न | जगेडा कोषमा धेरै देखिने रकम भनेको ‘वैधानिक जगेडा’ हो | यस्तो वैधानिक जगेडाको रकम नियमक (नेपाल राष्ट्र बैंक) अनुमति बिना खर्च गर्न पाइन्न र चुक्ता पूँजीको दोब्बर नभएसम्म निरन्तर यस्तो जगेडा कोषमा रकम जम्मा गरिरहनुपर्छ | खुद आम्दानीको २० प्रतिशतका दरले यस्तो कोषमा रकम छुट्टयाउनुपर्नु कानूनी व्यवस्था छ | त्यसपछि पनि खुद मुनाफाबाट निरन्तर रकम छुट्टयाईरहनुपर्छ | 

लाभांश २ वर्षपछि !

ग्रामिण विकास बैंकको आर्थिक वर्ष २०७४/७५ को परिष्कृत (लेखापरीक्षण भएको) वित्तीय विवरण अनुसार कुल जगेडा कोष रकम ३० करोड ७ लाख रहेको छ | यस मध्येको २१ करोड ३७ लाख रुपैयाँ भने बैधानिक जगेडा भएकोले यो रकम बाँडफाँडयोग्य हुन्न | 

कम्पनीको जगेडा कोष सम्बन्धि अनुसूची ४.२ मा अन्य जगेडा कोष भन्ने शिर्षकमा २० करोड १५ लाख रुपियाँ देखाइएको छ | उक्त रकम साविकमा कर स्थगन जगेडा कोषमा रहेकोमा नेपाल राष्ट्र बैंकबाट निर्देशन प्राप्त गरे अनुसार उक्त रकमलाई अन्य जगेडा कोषमा रकमान्तर गरेको प्रतिवेदनमा उल्लेख छ | अन्य जगेडा कोषमा रहेको रकमलाई संचित नोक्सानीबाट घटाउँदा कम्पनीको संचित घाटा घटेर २५ करोडमा आइपुगेको छ | 

कम्पनीको प्रतिशेयर आम्दानी उल्लेख्य देखिए पनि लाभांश वितरण गर्न भने अझ पनि कम्पनी सक्षम हुने स्थिति बन्न २ वर्ष लाग्नसक्ने अनुमान गर्न सकिन्छ | 

दोस्रो त्रैमासिकको दृष्टिबाट ग्रामिण 

ग्रामीण विकास बैंकले प्रकाशन गरेको दोश्रो त्रैमासिक वित्तीय प्रतिवेदनलाई आधार मानेर हेर्दा कस्तो देखिन्छ त यसको लाभांश वितरण गर्ने क्षमता त्यसको संक्षिप्त समीक्षा गरौँ | 

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ३४ रु. र नेटवर्थ १ सय ५८ छ | यो प्रतिवेदन हेरेर अधिकाँशले गर्ने अनुमान हो अब ग्रामीणले अर्को वर्ष कम्तिमा २२ प्रतिशत लाभांश दिन्छ | तर यो अनुमान सरासर गलत हुन्छ | कसरी गलत हुन्छ भनेर अलमलमा पर्नुहुन्छ |

कसरी गलत हुन्छ यसको विस्तृत बुझ्नको लागि कम्पनीको वार्षिक प्रतिवेदन अध्ययन गर्नुपर्छ | कम्पनीको आव २०७४/७५ को लेखापरीक्षण भएको वार्षिक वित्तीय प्रतिवेदनमा मात्र यस सम्बन्धि विवरण हुन्छ | आव २०७४/०७५ को वार्षिक प्रतिवेदन अध्ययन गर्दा कम्पनी अझसम्म पनि संचित घाटामा रहेको छ | कम्पनीको संचित नोक्सानी २५ करोड रहेको छ |

अर्धवार्षिक प्रगतिलाई हेर्दा वार्षिकरुपमा कम्पनीले २२ देखि २५ करोडसम्म खूद नाफा गर्नसक्ने देखिन्छ | यसबाट साधारण (वैधानिक) जगेडा कोष लगायत अन्य आवश्यक व्यवस्था गर्दा करिब १८ देखि २० करोड खूद नाफा देखिन सक्छ | यसरी हेर्दा संचित घाटा २५ करोड चालु आव २०७५/७६ मा पुरा हुने सम्भावना देखिन्न | यसको लागि एक आर्थिक वर्ष २०७६/७७ पर्खनुपर्ने अनुमान गर्न सकिन्छ | यदि कथम आर्थिक वर्ष २०७५/७६ मा संचित घाटा पुरा गरीहालेमा पनि मुनाफा वितरण गर्न सक्ने रकम हुन्न | गरिएको आम्दानी संचित घाटा पुरा गर्दा सकिईसकेको हुन्छ | यस हिसाबले आर्थिक वर्ष २०७५/७६ र अर्को आर्थिक वर्ष २०७६/७७ मा लगानीकर्ताले मुनाफा पाउने सम्भावना अत्यन्त कम देखिन्छ | आर्थिक वर्ष २०७७/७८ मा भने कम्पनीले मुनाफा वितरण गर्ने क्षमता बनाउन सक्ने अनुमान गर्न सकिन्छ | 

कति बाँडला नाफा ? 

कम्पनीको अहिलेको पूँजी ६५ करोड रहेको छ | यसमा कम्पनीले थप ५० प्रतिशत हकप्रद जारी गरेर पूँजी थप गर्ने प्रस्ताव पारित गरिसकेको छ र चालु आव भित्र उक्त रकम पूँजीकृत हुने अनुमान गर्न सकिन्छ | यसो गर्दा कम्पनीको पूँजी बढेर ९८ करोड २५ लाख पुग्नेछ र अहिलेको प्रतिसेयर आम्दानी २२ रुपैयाँमा झर्नेछ | 

आगामी आर्थिक वर्षमा पनि यहि पूँजी कायम रहिरहने हुँदा यसको आम्दानीमा गुणात्मक वृद्धि आएमा लाभांश बाँड्ने साल आव २०७७/७८ मा यसको प्रतिशेयर आम्दानी ३० रु. अनुमान गर्न सकिन्छ | लाभांश बाँड्ने अनुमानित आव २०७७/७८ मा कम्पनीले पूँजीगत जगेडामा रहेको रकम १० करोड र त्यतिबेलाको चालु आवको खुद आम्दानीबाट करिब २० करोड सहित ३० करोड लाभांश बाँड्न सक्ने पूर्वानुमान गर्न सकिन्छ | उक्त साल कम्पनीले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश सहित ३० प्रतिशत लाभांश बाँड्न सक्छ | 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved