दोषी ठहर भएपछि फरार रहेका सहकारीका अध्यक्ष पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2019 | 12:41:56 AM मा प्रकाशित

laxmi  sunrise bank

महँगो ब्याजको प्रलोभनमा पारि सर्वसाधारणको पैसा ठगेको आरोपमा एक सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन। ठगी मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार रहेका चाँदनी बहुउदेश्ययीय सहकारी संस्थाका अध्यक्ष उद्धव अधिकारीलाई केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो। 

ब्युरोकाअनुसार नेपाल राष्ट्र बैकको अनुमति बिना नै सहकारीका सदस्य बाहेककाबाट समेत निक्षेप संकलन तथा कर्जा प्रबाह गरेका तथा निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी भागेको आरोपमा २०७३ सालको असोजमा जिल्ला अदालतले अधिकारीलाई २६ लाख ७५ हजार रुपैयाँ जरिबाना र १ वर्ष कैदको सजाय सुनाएपछि अधिकारि र अन्य संचालकहरु फरार भएका थिए।

अधिकारिलाई (माघ २) बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले पक्राउ गरेर फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार डिल्लीबजार काठमाण्डौमा बुझाएको प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved