‘सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्नुपर्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 04:06:39 PM मा प्रकाशित

laxmi  sunrise bank

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने बताएकी छिन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २८ औं वार्षिक साधारणसभामा मन्त्री अर्यालले सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताएकी हुन् ।

सहकारी क्षेत्रमा केही जोखिम र खतराहरु देखापरेको भन्दै उनले सहकारीका सञ्चालकले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने समेत बताइन् । सहकारी अभियानले संख्या बढाउने तर्फ मात्रै केन्द्रित नरही गुणस्तरियतालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ । मन्त्री अर्यालले सहकारी संस्थाहरुको मर्जर अभियान अभियन्ताहरुलाई हेरेर ल्याइएको बताईन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved