बैंकमा कडाई हुँदा सहकारीमा ग्राहक आकर्षित, 'कालोधन'को कारोबार बढ्ने चिन्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 08:49:05 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा कडाई गरेसँगै सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित भएका छन् । बैंकिङ क्षेत्रमा धेरै कागजी प्रक्रिया पुरा गर्नु पर्ने तर सहकारीमा तुलनात्मक रुपमा सहज कारोबार हुने भएपछि सर्वसाधारणहरु त्यसतर्फ आकर्षित भएका हुन् । गत बर्षको तुलनामा बैंकिङ क्षेत्रको निक्षेप र कर्जा दुबैेमा सुस्तता आउँदा सहकारी क्षेत्रको भने निक्षेप र कर्जा दुबैको चाँप बढेको छ ।

राष्ट्र बैंकले सुरु गरेको गो एएमएल, कर्जा लिदाँ प्यान अनिवार्य लगायतको ब्यवस्थाले गर्दा सर्वसाधारणहरु वित्तीय प्रणालीबाट अनौपचारीक क्षेत्रमा सरेको बताइन्छ । बैंकमा विभिन्न कागजपत्र आवाश्यक पर्ने र त्यो पुरा गर्न झन्झटिलो हुने भएपछि सर्वसाधारणहरु सहकारीतर्फ आकर्षित भएको बैंकर्सहरु पनि बताउछन् ।

बैंकमा २ लाख कर्जा लिनको लागि कर चुक्ता प्रमाणपत्र, आम्दानी विवरण लगायतका अनैकौ कागजत र प्रक्रिया पुरा गर्नु पर्ने तर त्यति नै कर्जा सहकारी बाट दिँदा तुरुन्तै पाइने भएकोले ग्राहकहरु सहकारीतर्फ आकर्षित भएका हुन् । सहज र सरल कारोबार गर्न पाइने भएपछि २÷३ प्रतिशत ब्याजदर महंगो भएपनि सहकारीमा आकर्षण बढेको हो । 

बैंकरहरु पनि सहकारीमा निक्षेप बढेकोले यस बर्ष बैंकको निक्षेप तुलानात्मक रुपमा घट्ने बताउछन् । एक बैंकरले भने ' गत वर्ष २१ प्रतिशतले निक्षेप बढाएका बैंकहरुले यो वर्ष १५ प्रतिशतले पनि निक्षेप बढाउन सक्दैनन् । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १ खर्ब ८७ अर्बले निक्षेप बढाएकोमा यो वर्ष १ खर्ब ५७ अर्बले मात्रै वृद्धि भएको छ । '

यता राष्ट्र बैंकका उच्च अधिकारीहरु भने पारदर्शी कारोबार गर्नेहरुले निक्षेप राख्नको लागि सहकारी रोजेर जोखिम नलिने बताउँछन् । तर कसैको आम्दानी नै पारदर्शी छैन र स्रोत खुलाउन सक्दैन भने त्यस्ता ब्यक्तिलाई भने राष्ट्र बैंको पछिल्लो नीतिले प्रभाव पार्ने राष्ट्र बैंकका अधिकारीहरु नै स्वीकार गर्छन । तर स्रोत खुलेको छ भने २ प्रतिशत ब्याजको लागि अर्बौको पसिना जोखिममा राख्ने सम्भावना नहुने राष्ट्र बैंकको बुझाई छ ।

विगतमा पनि स्रोत नखुलेको आम्दानीको कारोबार गर्ने अखडाको रुपमा सहकारी प्रयोग हुदै आएको थियो । यससंगै नेपाल राष्ट्र बैंकले बैंकिङमा सुधार गर्न खोज्दा सहकारीमा भने  स्रोत नखुलेको कारोबार मौलाएर जाने हो कि भन्ने चिन्ता बढेको छ ।  सहकारीमा गएको बचत पनि बैंकमा नै आउने तर सहकारीबाट आएको निक्षेपमा बैंकहरुले आम्दानीको स्रोत नखोज्ने भएकोले यो चिन्ता बढेको जानकारहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्र भने यसलाई बैंकको कमजोरीको रुपमा अर्थ्याछन् । बैंकहरुले सन्तोषजनक रुपमा सेवा प्रदान गर्न नसक्दा नागरीक सहकारीतर्फ आकर्षित भएको उनी बताउँछन् । राष्ट्र बैंकले एउटा क्षेत्र पादरर्शी बनाउँन खोज्दा आनौपचारीक अर्थतन्त्र फष्टाउन नहुने उनको भनाई छ । बैंकहरुले १÷२ लाखको कर्जा दिन आलटाल गर्ने तर सहकारीले छिटो छिटो सेवा प्रदान गर्ने हुँदा सहकारीमा आकर्षण बढ्नु स्वभाविक भएको उनको भनाई छ । साना तथा घरेलु व्यवसायिलाई केही ब्याज महँगो भएपनि राम्रै गर्ने उनको भनाई छ । तर ठुलो मात्रमा निक्षेप सहकारीमा मोडिएमा ठुला परियोजनालाई लगानी जुटाउन गाह्रो पर्ने उनको भनाई छ ।

यता नेपाल बचत तथा ऋण सहकारी संघका अध्यक्ष परितोष पौडल भने सहकारीमा कर्जा र निक्षेपको वृद्धिदर स्वभाविक रहेको तर अनपेक्षित रुपमा कारोबार नबढेको बताउँछन् । गत असार मसान्तमा सहकारीमा ह्वात्तै निक्षेप बढेको तर त्यसपछि अस्वभाविक रुपमा निक्षेप नबढेको उनी बताउँछन् । 

राष्ट्र बैंकको कदमको विरोध गर्न नहुने तर यो समस्याको समाधान गर्नको लागि  बैंकिङ क्षेत्रमा जस्तै सहकारीमा पनि बलियो नियमन निकाय आवश्यक पर्ने विज्ञ बताउँछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved