जनसचेतन सहकारीले ट्रस्टएमएल प्रयोग गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 03:21:30 PM मा प्रकाशित

laxmi  sunrise bank

दाेलखाकाे जनसचेतन बचत तथा ऋण सहकारीले ट्रस्टएमएल प्रयोग गर्ने भएको छ । संस्थाले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागी उक्त सफ्टवेर प्रयोग गर्न लागेको हो । संस्थाले डेटम  सिस्टम निर्मित ट्रस्टएमएल खरिद गरि प्रयोग गर्न समझदारी गरेको छ । 

यसबाट संस्थाले गर्नुपर्ने ग्राहकको पेशा, स्थान, व्यवशाय को प्रकृति, सहकारीवाट  प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी निवारणका जोखिम निर्धारण गरि न्युनिकरण गर्न सरल हुने बताइएको छ । 

ट्रस्टएमएलबाट संस्थाले  बित्तिय जानकारी इकाईमा पठाउनु पर्ने शंकास्पद कारोबार र अन्य सबै प्रतिवेदन इलेक्ट्रोनिक माध्यमवाट पठाउन संस्थाले जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved