किसान बहुउद्देश्यीय सहकारीले ल्यायो “मिस्डकल बैंकिङ” सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 11:19:36 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान बहुउद्देश्यीय सहकारी संस्थाले मिस्डकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सदस्यहरुलाई प्रविधीमैत्री सुविधा प्रदान गर्ने अभिप्रायले सञ्चालनमा ल्याईएको उक्त “मिस्डकल बैंकिङ” सेवा बिहीबारबाट सुचारु गरेको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार मिस्डकल बैंकिङ सेवा विशेष गरि मोबाईल बैंकिङ प्रयोग गर्न असमर्थ लघुवित्ततर्फ आवद्ध सदस्यहरुले प्रयोग गर्न सक्नेछन् । यस सेवाको लागी संस्थाले नेपाल टेलिकमको दुई वटा मोबाईल सिमकार्ड प्रयोगमा ल्याएको छ । प्रयोग हुने सिमकार्डको नं हरु ९८६४७५९०६५ र ९८६४७५९०६४ रहको संस्थाले जनाएको हो । जस अन्तर्गत  ९८६४७५९०६५ को सिमकार्डमा मिस्डकल गर्दा सदस्यहरुले आफ्नो खाताहरुको बारेमा जानकारी लिन सक्नेछन भने ९८६४७५९०६४ को सिमकार्डमा मिस्डकल गर्दा सदस्यले दर्ता गरेको मोबाईलमा ५० रुपैयाँको रिचार्ज गर्न सक्ने बताइएको छ ।


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved