लालीगुराँस सहकारीद्वारा ऋणिको ब्याज छुट, कर्मचारीलाई कोरोना बीम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 01:55:13 PM मा प्रकाशित

laxmi  sunrise bank

लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाले ऋण लिएका सदस्यलाई ब्याज रकममा छुट दिने भएको छ । कोरोना भाइरसको संक्रमणको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाइ यस्तो छुट दिएको हो । 

ऋणिले भुक्तानी गर्न बाँकी ब्याज सम्पूर्ण चुक्ता गरेमा जम्मा ब्याज रकमको ५ प्रतिशत र ५० प्रतिशत भन्दा बढी ब्याज चुक्ता गरेमा ३ प्रतिशत छुट दिने संस्थाले जनाएको छ । त्यस्तै संस्थाले भुक्तानी गर्न बाँकी हर्जना रकममा सतप्रतिशत छुट दिने घोषणा समेत गरेको छ । 

संस्थाले असार मशान्तसम्म उक्त छुट उपलब्ध गराउने निर्णय गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ऋण लिएका सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज हुन सकोस भन्ने उद्देश्यले सुविधा दिएको बताए ।

 कर्मचारीलाई कोरोना बिमा 

संस्थाले आफ्ना सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको कोरोना बीमा गरेको छ । संस्थाको चापागाउँ, चाबहिल, कौशलटार, पर्सा चितवन र न्युरोडका सम्पूर्ण कर्मचारी र सुरक्षा गार्डको बीमा गरिएको हो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले कामको सिलसिलामा कार्यालय आउने कर्मचारीलाई कोरोना बीमा गरिएको जानकारी दिए । 

सरकारले ल्याएको कोरोना बीमा अन्तर्गत प्रति ब्यक्ति एक लाख रुपियाको रहेको छ । पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएमा बीमितले बीमा दावी रकम पाउने छन् । संस्थाको मुख्य कार्यालय र सदस्य सुविधा काउन्टरमा १ सय १८ जना कर्मचारी र सुरक्षा गार्डहरु कार्यरत रहेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved