सहकारीलाई तोकिएकै समयमा लेखापरीक्षण र साधारणसभा गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 08:29:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागले तोकिएको समयभित्र लेखापरीक्ष र साधारण सभा सम्पन्न गरिसक्न सहकारी संघसंस्थाहरुलाई परिपत्र गरेको छ । सहकारी ऐन २०७४ तथा सहकारी नियमावली २०७५ अनुसार आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखापरीक्षण र ६ महिनाभित्र साधारणसभा गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै काम गर्न परिपत्र गरेको हो । 

विभागले प्रचलित कानून बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट असोजसम्म लेखापरीक्षण गरिसक्न र संघसंस्थाहरूको साधारण सभा तोकिएकै समयभित्र सम्पन्न गर्नु पर्ने ऐनमा स्पष्ट व्यवस्था भएकाले स्वास्थ्य सम्बन्धी सुरक्षा मापदण्डको पूर्ण पालना गरी पुसभित्र साधारण सभा गराउन निर्देशन दिइएकाे हाे । 

ऐनको दफा ४३ मा विभिन्न कामको अतिरिक्त सञ्चालक समितिको काम, कर्तव्य र अधिकारमा प्रारम्भिक साधारणसभा, बार्षिक साधारणसभा तथा विशेष साधारणसभा बोलाउने, साधारणसभा निर्णय कार्यान्वयन गर्ने गराउने एवं सहकारी सस्थाको नीति, योजना, बजेट तथा वार्षिक कार्यक्रमको तर्जुमा गरी साधारणसभा समक्ष पेश गर्ने भन्ने बेहोरा उल्लेख रहेको भन्दै सोही अनुसार गर्न परिपत्र गरेको हो । 

सहकारी संस्थाको साधारण सभाको लागि गणपुरक संख्या तत्काल कायम रहने सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुने, २ हजार वा सोभन्दा बढी सदस्य रहेको संस्थाले साधारणसभा गर्दा समान कार्य सूचीमा तोकिए बमोजिमको सदस्य संख्याको आधारमा स्थानीय तह वा त्यसको वडामा सञ्चालक सदस्यहरुलाई पठाई साधारण सभा गर्न र त्यस्तो सभाको निर्णय प्रमाणित गर्न प्रतिनिधिहरु छनोट गर्न सक्ने र त्यस्ता प्रतिनिधिहरुको उपस्थित सभाको अन्तिम निर्णय प्रमाणित गर्ने भन्ने व्यवस्था रहेको जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved