व्यवसायीले भने, 'ब्याज तिर्न बैंकको ताकेताले दुखि छौं, अवधि थप नभए पलायन हुन सक्छौं'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 05:04:01 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यसायीहरुले अवस्था सामान्य नहुँदा सम्मका लागि सावाँ र ब्याज तिर्ने अवधि थप गरिदिन आग्रह गरेका छन्। असार १ गते पश्चात अवस्था सामान्य हुँदै गएपनि सार्वजनिक यातायातको संचालन नभएको लगायतका कारणले पूर्ण रुपमा व्यवसाय संचालन हुन नसकेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघले यस्तो आग्रह गरेको हो। 

क्षमताको ३०÷४० प्रतिशतमात्रमा संचालनमा रहेका, उत्पादित मालवस्तु निर्वाध बजारसम्म पुरयाई विक्रीवितरण गरी नगद प्रवाह हुन नसकेको कारण देखाउदै महासंघले अर्थतन्त्र पूर्णरूपमा चलायमान नहुन्जेलसम्म बढाउन र ब्याजलाई पूँजीकरण गरी कर्जाको पुनरसंरचना र पुनर्तालिकिकरण गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ। 

महासंघले आज एक बिज्ञप्ती जारि गर्दै सावाँ ब्याज तिर्नका लागि बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको जनाएको छ।

'आजको जटिल परिस्थितिलाई मनन गरी उद्योग व्यवसाय बचाउनेतर्फ नेपाल सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने हुंदा महासंघ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउदै निजी क्षेत्रको आवाजलाई समयमै संवोधन गर्न जोडदार माग गर्दछ' महासंघको बिज्ञप्तीमा उल्लेख छ। 

बैंक तथा वित्तिय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरीरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायीहरू यस्तो विषम परिस्थितिका कारण यतिखेर गम्भीर संकटमा भएको महासंघले जनाएको छ। उद्यमी व्यवसायीलाई असार मसान्तभित्र कर्जा तथा व्याज चुक्ता गर्न बैंक तथा वित्तिय संस्थाहरूको बारम्बारको ताकेताबाट अर्थतन्त्रलाई बलियो बनाउन अहोरात्र खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको र यस पेशा व्यवसायबाटै पलायन हुने डरलाग्दो परिस्थिति निर्माण भैरहेको महासंघले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved