‘१५० रुपैयाँसम्म घट्न सक्छ सिमेन्टको भाउ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 10, 2020 | 06:38:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सिमेन्ट दक्षिण एशियाकै महँगो छ । उत्पादन लागत नै एक बोराको ७ सयभन्दा बढी पर्ने गरेको उद्योगीको दाबी छ । सरकारले सिमेन्टलाई निर्यातयोग्य बस्तुका रुपमा विकास गर्ने भनेपनि लागत नै बढी हुँदा सिमेन्ट महँगो हुने भएकाले निर्यातको नीतिगत पहल हुन सकेको छैन ।

निर्यातको विषयमा एक पटक छलफलसम्म पनि भएको छैन । तर निर्यातको सट्टा आन्तरिक खपत बढाउने बिषयमा भने कुराकानी भईरहेको छ । विशेषगरी सडक कालोपत्रे गर्दा अलकत्राको सट्टा कंक्रिट प्रयोगलाई बढवा दिएर सिमेन्टको खपत बढाउनेबारे छलफलहरु चलिरहेका छन् । 

तर सिमेन्ट महँगो हुने गरेका कारण पनि खपत बढाउन समस्या आईपरेको सरोकारवालाको भनाई छ । तर उद्योगीहरुले भने सरकारकै कारण सिमेन्ट महँगो हुने गरेको बताएका छन् । सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले सस्तोमा सिमेन्ट उत्पादन गर्न लागत कम गर्नुपर्ने सुझाएका छन् ।

सिमेन्टको मूल्य घटाउने उपाय

उद्योगीले सरकारले लिने करमा सहुलियत दिने हो भने लागत सस्तो पर्न गई सिमेन्ट सस्तो हुने बताउँदै आएका छन् । केन्द्र सरकारले लिँदै आएको मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाहेक नै विभिन्न प्रदेशले सिमेन्ट उत्पादकसँग कर लिँदै आएका छन् । सिमेन्ट उद्योगले उत्पादन तथा विक्रि वितरणमा मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार १३ प्रतिशत मूल्य अभिवृद्धि कर र अन्तशुल्क ऐन २०५८ अनुसार ५ प्रतिशत अन्तशुल्क तिर्दै आएका थिए । 

तर विभिन्न प्रदेशहरुले आर्थिक ऐन २०७६ बमोजिम शुल्क लिँदै आएका छन् । औद्योगिक उत्पादनमा संघिय कानुन अनुसार सरकारले लिँदै आएको अन्तशुल्क र मूल्य अभिवृद्धि करको १५ प्रतिशत हिस्सा प्रदेश सरकार र १५ प्रतिशत हिस्सा स्थानीय तहमा राजश्व बाँडफाँडमार्फत जाने प्रावधान छ । तर दोहोरो रुपमा प्रदेश सरकारले समेत कर लिन थालेका छन् । 

कुन प्रदेशले कति शुल्क उठाउँछन् ?

राजश्व बाँडफाँडमार्फत केन्द्र सरकारले लिने कर र अन्तशुल्क स्थानीय तह र प्रदेशमा जाने प्रावधान भएकाले प्रदेशले पनि शुल्क उठाउँदा दोहोरो शुल्क तिर्नुपरेको र यसको कारण लागत बढ्ने गरेको संघका अध्यक्ष थापा बताउँछन् । सिबै तहका सरकारलाई विभिन्न शीर्षकमा शुल्क तिर्नुपरेका कारण नेपाली सिमेन्ट दक्षिण एसियाकै महङ्गो भएको बताउँछन् । यसरी लिईने शुल्क घटाए सिमेन्ट सस्तो हुने उनको भनाई छ ।

यसका अलवा स्थानीय कर, भूमी सुधार कर, सडक दस्तुर र प्रदूषण कर लगायतका शीर्षकमा लिँदै आएको कर पनि घटाउने अथवा खारेज नै गर्ने हो भने सिमेन्ट प्रतिबोरा १५० रुपैयाँसम्म सस्तो हुने उद्योगीहरुको भनाई छ । यी शीर्षकमा उद्योगसँग शुल्क उठाईएपनि खर्च भने अन्यत्र भईरहेको गुनासो उद्योगीले गर्ने गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved