देशमै बन्ने औषधिको आयात रोक्न माग गर्दै उद्योगीको प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 12:51:47 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि उत्पादकहरुले सरकारले आफूहरुका माग सुनुवाई नगरेको भन्दै औषधी व्यवस्था विभाग अगाडी धर्ना दिएका छन् । सरकारले राष्ट्रिय औषधि उद्योगप्रति सकारात्मक भावना देखाउन नसकेको र उद्योगमैत्री व्यवहार नभएका कारण आफूहरु शान्तिपूर्ण धर्ना कार्यक्रममा उपस्थित हुनु परेको औषधि उत्पादक संघका अध्यक्ष नारायण क्षेत्रीले जानकारी दिए ।

औषधिमा आत्मनिर्भर बन्न सकिनेबारे सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएका कारण आफूहरु सडकमा आउनुपरेको उनको भनाई छ ।

‘हामीले सजिलै गरी उत्पादन गर्न सक्ने औषधि अब आयात नगरौ, कच्चा पदार्थ मात्रै आयात गर्दा हुनेमा औषधि नै आयात नगरौँ भनेर हामीले पटक पटक भन्यौ’ अध्यक्ष क्षेत्रीले भने, ‘आगामी २ देखि ३ वर्षभित्र ९० प्रतिशत औषधिमा आत्मनिर्भर बन्छौ र पूँजी पलायन हुनबाट बचाऔ भनेर लेखेर दिँदा पनि सरकारले सुनेन, जसका कारण हामी सडकमा आउन बाध्य भयौ ।’

जेठ २९ गते स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई यसअघि विभिन्न समयमा सरकारका पक्षबाट गरिएका १८ बुँदे प्रतिवद्धताबारे जानकारी गराईएको र एक हप्ताभित्र पूरा गर्ने बचन दिईएकोमा ३ हप्ता बितिसक्दा पनि कुनै पहल नभएपछि आफूहरु विभाग परिसरमा शान्तिपूर्ण धर्नामा आएको अध्यक्ष क्षेत्रीले बताए । २०५१ सालदेखि विभिन्न सरकारले जडिबुटी र औषधि उद्योगको विकासका लागि गरेका निर्णय र बनाएका नीतिहरु राम्रा भएपनि कार्यान्वयन नभएको गुनासोसहित राज्यमन्त्रीलाई जानकारी गराएको भएपनि गुनासो सुनुवाई नभएको उनको भनाई छ ।

हाल नेपालका ६२ औषधि उद्योगमा ३ हजार करोड लगानी छ । औषधि उत्पादकहरुले करिब ४५ प्रतिशत औषधिमा मूलुक आत्मनिर्भर रहेको दाबी गर्दै आएका छन् । गगन थापा स्वास्थ्यमन्त्री हुँदा ३० प्रकारका औषधिमा पूर्ण आत्मनिर्भर रहेको र ती औषधिको आयातमा प्रतिबन्ध लगाउने प्रस्ताव निर्णयका लागि मन्त्रिपरिषद्मा पुगेपनि निर्णय भएको थिएन ।

यस्ता छन् उद्योगीका मागः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved