महासंघ निर्वाचनः किशोर समूहद्वारा उम्मेद्वारी घोषणा, गोल्छाले मागिदिए भोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 10:50:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेद्वारी घोषणा गरेको छ । महासंघको आगामी अध्यक्ष शेखर गोल्छाको समर्थन पाएको यो समूहबाट वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतिले उम्मेद्वारी दिएका छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षका अर्का प्रत्यासी चन्द्र ढकाल समूहले उम्मेद्वारी घोषणा गरेलगत्तै प्रधान समूहले पनि आफ्नो टिम सार्वजनिक गरेको हो । अगामी कार्यकालको लागि अध्यक्ष बन्न लागेका गोल्छाले नै भेला आह्वान गरेका थिए । ढकाल समूहको भेलामा अनुपस्थित रहेका गोल्छा प्रधान समूहको भेला नै आफैँले आयोजना गरेर यो समूहले चुनाव जिते आफूलाई काम गर्न सजिलो हुने भन्दै मतदातालाई जिताउन पनि आग्रह गरेका छन् । 

महासंघको आगामी नेतृत्वका लागि साउन २६ र २७ गते साधारणसभा तथा निर्वाचन हुँदैछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved