सिमेन्टको भाउ घट्यो, अब उधारोमा किन्न नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 11:28:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट उत्पादकहरुले साउन १ गतेदेखि उधारोमा सिमेन्ट बिक्रि नगर्ने भएका छन् । सिमेन्ट उत्पादक संघले पुरानो बक्यौता नै खर्ब बढी रहेकाले अब उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेको हो । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि नगदमा मात्रै सिमेन्ट बेच्ने निर्णय गरिएको जानकारी दिए । 

निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारोमा सामान दिनुपर्ने भए अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ । यस्तो उधारोको अधिकतम अवधि ६० दिनसम्मको मात्र हुनुपर्ने छ । अब उद्योगले अफर अन्तर्गत सुनचाँदी, हिरामोती, विदेश भ्रमण वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम राख्न पाइने छैन ।

नेपालमा सञ्चालित ६१ वटा सिमेन्ट उद्योगले ९८ अर्ब देखि १ खर्ब सम्म बजारबाट उठान बाँकी छ ।

मूल्य घट्यो 

यसैबीच उद्योगीले सिमेन्टको भाउ पनि घटाएका छन् । नगदमा मात्रै सिमेन्ट बिक्रि गर्ने भएपछि उद्योगीले मूल्य घटाएका हुन् । जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका उद्योगीले अहिले सिमेन्टमा प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटाएका छन् । ओपीसी सिमेन्टको औसत बजार मूल्य प्रतिबोरा ७ सयदेखि ७२५ रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ६ सय रुपैयाँमा नै बजारमा पाउन थालिएको छ । 

फलामे छडको मूल्य पनि एक किलोमा ४ रुपैयाँसम्म घटेको छ ।

यसअघिः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved