२ संस्थानको प्रमुख बन्न एकै व्यक्तिको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2020 | 02:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग मन्त्रालयले आफू मातहतका ३ संस्थानमा प्रमुख नियुक्ति गर्दैछ । पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धक, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृत र नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक नियुक्त गर्न मन्त्रालयले आवेदकहरुको नामावली पनि सार्वजनिक गरिसकेको छ ।

असार १७ गते उद्योग मन्त्रालयले आफू अन्तरर्गतका ३ वटा संस्थानमा नियुक्तिका लागि साउन ६ गतेसम्म आवेदन दिने म्याद राखेर पदपूर्तीको सूचना सार्वजनिक जारी गरेको थियो । पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धकका लागि १० जना, खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि १६ जना र नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि १३ जना गरी जम्मा ३९ जनाको आवेदन परेको थियो । 

२ तिर एकै व्यक्तिको आवेदन

उद्योग मन्त्रालयले आवेदकहरुको प्रारम्भिक मूल्यांकनमा ५ जनाको आवेदन रद्द गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीईओको लागि आवेदन दिएका १६ जनामध्ये ४ जनाको आवेदन रद्द भएको छ । अब खाद्यको सीईओ बन्ने दौडमा १२ जना बाँकी छन् । 

१२ जनामध्ये डोलिन्द्र प्रसाद शर्माले खाद्यको सीइओ र पारवहन तथा गोदाम व्यवस्था कम्पनीको महाप्रवन्धक दुबै तिर आवेदन दिएका छन् ।

यस्तै पारवहनको महाप्रवन्धक र नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक दुबै तिर आवेदक दिने आवेदकहरु ३ जना छन् । लक्ष्मी प्रसाद पौडेल, गोविन्द प्रसाद दाहाल र रामबाबु शाहले दुबै तिर आवेदन दिएका हुन् ।

यस्तै खाद्यको सीईओ र इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकका लागि पनि एकै व्यक्तिले आवेदन दिएका छन् । रामदेव यादवले दुई संस्थानकै कार्यकारी पदको लागि आवेदन दिएका हुन् ।

२ तिर आवेदन दिन नपाईने नियम छैन

उद्योग मन्त्रालय स्रोतले भने एकै पटक सार्वजनिक सूचना आह्वान भएका संस्थानमा एकै व्यक्तिले आवेदन दिनु नौलो नभएको बताएको छ । 

‘एउटै व्यक्तिले धेरै तिर आवेदन दिन नपाईने भन्ने नियम कतै छ र ?’ मन्त्रालय स्रोतले भन्यो, ‘सरकारी संस्थानहरुमा एकैपटक धेरै तिर आवेदन माग हुँदा एकै व्यक्तिले सबैतिर आवेदन दिनु नौलो कुरा होइन, करिब करिब एकै खालको नियुक्ति प्रक्रिया भएकाले एउटा संस्थानमा आवेदन दिन तयार पारेको कागजातकै आधारमा अर्कोमा पनि दिन सकिने अवस्था छ, यसैले पनि एकै व्यक्तिले धेरैतिर आवेदन दिन सकेको हो ।’ 

तर आवेदन स्वीकृत भएका केही नामहरु दुई तिर देखिएपनि व्यक्ति एकै हो की होइन भनेर आफूलाई यकिन जानकारी नरहेको मन्त्रालयका एक अधिकारीले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved