६४ प्रकारका सेवामूलक उद्योगले पाउँनेछन् यस्ता सुविधा र छुट (सूचीसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 04, 2020 | 10:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

औद्योगिक व्यवसाय ऐन–२०७६ ले पर्यटन व्यवसायलाई उद्योगको रुपमा स्वीकार गरेको छ । असार २९ गतेको मन्त्रिपरिषद् बैठकले जलयात्रा, जलक्रिडा र डुंडा सयरलाई पर्यटन उद्योग भित्र समावेश गरेको छ । योसँगै लगानी कम्पनीहरुलाई पनि सेवामूलक उद्योगका रुपमा समावेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गर्यो ।

लगानी गर्ने उदेश्यले स्थापना भएका उद्योगहरुलाई सेवामूलक उद्योगका सूचीमा राख्ने सरकारको निर्णय पछि अब लगानी गर्ने कम्पनीहरुले पनि सेवामूलक उद्योगले पाउँदै आएको छुट पाउने छन् । औद्योगिक व्यवसाय ऐन–२०७६ अनुसार सेवामूलक उद्योगले उद्योग सुरु भएको ५ वर्षसम्म आयकर छुट पाउने छन् । फेरि अर्को ३ वर्ष आयकरमा ५० प्रतिशत छुट पाउने नियम छ ।

कति छन् सेवामूलक उद्योग ?

उद्योग विभागको आर्थिक वर्ष २०७६/०७७ (२०७७ असार मसान्त) सम्मको तथ्यांक अनुसार सेवामूलक उद्योगको संख्या २ हजार २३२ छ । यीमध्ये विदेशी लगानी भएका यस्ता उद्योगको संख्या मात्रै १ हजार ६ सय ८३ वटा छन् । हालसम्म विभिन्न १०९ देशका १ हजार ६० लगानीकर्ताले नेपालको सेवामूलक उद्योगमा लगानी गरेका छन् ।

हाल ५० अर्ब ९२ करोड ३२ लाख ७० हजार रुपैयाँ लगानी रहेका यस्ता उद्योगले १ लाख २ हजार २१५ जनालाई रोजगारी दिएको तथ्यांक छ । 

वि.सं २०२२ जेठ २८ गतेदेखि सेवा मूलक उद्योग दर्ता तथा सञ्चालन सुरु भएको पाइन्छ । 

कस्ता उद्योगमा कति लगानी ?

सेवामूलक उद्योगलाई पनि पनि ठूला, मझौला र साना गरी ३ थरीमा बर्गीकरण गरिएको छ । हालसम्म नेपालमा सञ्चालित यस्ता उद्योगहरुमा ठूला १३९ वटा, मझौला ४७० वटा र साना १ हजार ६२३ वटा छन् ।

ठूला सेवामूलक उद्योगमा २० अर्ब ४० करोड ४१ लख ३० हजार लगानी छ । मझौला सेवामूलक उद्योगमा १८ अर्ब ८४ करोड ५६ लाख ३० हजार लगानी रहेको विभागले जनाएको छ । त्यस्तै साना यस्ता उद्योगमा ११ अर्ब ६७ करोड ३५ लाख लगानी छ ।

सरकारले असार २९ गते लगानी गर्ने उदेश्यले स्थापना भएका उद्योगहरुलाई सेवा मूलक उद्योगमा सूचिकृत गर्ने निर्णय गरेसँगै अब ठूला लगानी भएका सेवामूलक उद्योगले पनि ५ वर्षसम्म सत प्रतिशत आयकर छुट र फेरि अर्को ३ वर्ष ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।

सेवामूलक उद्योग कुन कुन ?

सरकारले ६४ वटा उद्योगलाई सेवा मूलक उद्योगका रुपमा समावेश गरेको छ । औधोगिक व्यवसाय ऐन, २०७६ को अनुसूची–८ को (दफा १७ को उपदफा (२) को खण्ड (ज) अनुसार वर्कशपदेखि ई–कमर्श र सर्भिस अपार्टमेण्ट सम्मलाई सेवामूलक उद्योगका रुपमा लिईएको छ ।

सूचीः

यान्त्रिक कार्यशाला (वर्कशप),

छापाखाना तथा छपाई सम्बन्धी सेवा,

पेशागत अनुसन्धान तथा विकास, व्यवस्थापन, ईन्जिनियरिङ्ग तथा डिजाइन, कानूनी, लेखा, लेखापरीक्षण, शिक्षण प्रशिक्षण, शैक्षिक तथा प्राविधिक परामर्श सेवाहरु,

जिनिङ्ग तथा बेलिङ्ग व्यवसाय,

प्रदर्शनी सेवा,

सांस्कृतिक तथा मनोरञ्जनात्मक व्यवसाय,

निर्माण व्यवसाय,

सार्वजनिक यातायात व्यवसाय,

फोटोग्राफी,

अस्पताल,

नर्सिङ्ग होम, क्लिनिक, पोलिक्लिनिक, पुनःस्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल,

शारीरिक व्यायाम, योग-ध्यान तथा अभ्यास केन्द्र सञ्चालन,

शिक्षण एवं प्रशिक्षण संस्था,

पुस्तकालय, अभिलेखालय तथा संग्रहालय सेवा,

प्रयोगशाला,

हवाई यातायात सेवा,

खेलकुद सेवा, स्वीमिङ्ग पुल,

शीत भण्डार सञ्चालन,

हाउस वायरिङ्ग इलेक्ट्रीकल फिटिङ्ग र मर्मत,

फोहोरमैला सङ्कलन तथा सरसफाई, फोहरमैला पुनः प्रशोधन,

घर जग्गा खरिद गरी भूमि विकास गरी बिक्री गर्ने व्यवसाय,

निर्माण सम्बन्धी भारी उपकरण (हेभी इक्वीपमेण्ट) भाडा, मर्मत तथा सञ्चालन,

पशु चिकित्सा सेवा,

ब्याट्री रिचार्जिङ्ग,

स्वास्थ्य परीक्षण (एक्स–रे, सिटी स्क्यान, एम.आर.आई, अल्ट्रासाउण्ड जस्ता सेवाहरु) तथा स्वास्थ्य परीक्षण प्रयोगशाला,

निर्माण भइसकेका पूर्वाधारहरुको सञ्चालन गर्ने (जस्तैः सभा सम्मेलन भवन, खानेपानी आपूर्ति, इन्धन तथा इन्धनजन्य ग्यास आपूर्ति सम्बन्धी पाइप लाइन, गोदामघर तथा भण्डारण, विमानस्थल, बसपार्क, रङ्गशाला, स्पोर्ट्स कम्प्लेकस, रोपवे, सडक, सिँचाइ, विद्युत प्रशारण, विद्युत गृह, रेलवे सेवा, कार्गो कम्प्लेक्स, इनल्याण्ड क्लियरेन्स डिपो (आई.सी.डी.) जस्ता सेवा सञ्चालन गर्ने) व्यवसायहरु,

खाद्यान्न कुटानी, पिसानी, पेलानी र प्याकिङ्ग गर्ने कार्य,

कपडा तथा धागो रङ्गाइ, साइजिङ्ग र कपडा छपाइ (कपडा बुन्ने उद्योगले आफ्नो प्रयोजनको लागि गरेकोमा बाहेक),

ढुवानी तथा कार्गो व्यवसाय वा सेवा,

भन्सार एजेण्ट सेवा,

प्याकेजिङ्ग, रिफिलिङ्ग सेवा (एल.पी.जी. ग्यास रिफिलिङ्ग र सवारी ग्यास रिफिलिङ्ग गर्ने स्टेशन समेत),

कुरियर सेवा,

ड्राइक्लिनिङ्ग व्यवसाय,

ब्यूटी पार्लर,

आन्तरिक सजावट (इण्टेरियर डेकोरेशन),

सुरक्षा सेवा प्रदान गर्ने व्यवसाय,

प्रकाशन सेवा,

विज्ञापन सेवा,

विज्ञापन सामग्री तयार गर्ने सेवा,

आम सञ्चार सेवा,

टेलिभिजनबाट प्रसारण गर्न बनाइएका कार्यक्रम र डकुमेण्ट्रि टेलीफिल्म उत्पादन तथा प्रसारण,

माटो परीक्षण (स्वाइल टेष्टिङ्ग) सेवा,

पानी प्रशोधन, ढुवानी तथा वितरण सेवा,

स्वास्थ्य (हेल्थ) क्लव,

प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (बायोटेक) सम्बन्धी बगैंचा (पार्क) सञ्चालन,

व्यवसाय सम्वर्द्धन सेवा (बिजिनेस इन्क्यूवेसन सर्भिस),

व्यापारिक परिसर (ट्रेडिङ्ग बिजिनेस कम्प्लेक्स) सञ्चालन,

वैदेशिक रोजगार सेवा,

सिनेमा हल (मल्टिप्लेक्स समेत),

थिएटर (मल्टिप्लेक्स समेत),

सिलाइ बुनाइ (बुटिक समेत),

विद्युत सर्वेक्षण,

खनिज अध्ययन तथा अनुसन्धान,

अनुसन्धान तथा विकास सेवा,

सरसफाइ सेवा,

थोक तथा खुद्रा व्यवसाय सेवा,

विद्युतीय व्यापार (ई-कमर्श), विद्युतीय माध्यम (अनलाइल वा सफ्टवेयर वा एप्स वा यस्तै अन्य प्रकारको माध्यम) को प्रयोग गरी सर्वसाधारणलाई सेवा उपलब्ध गराउने उद्योग व्यवसाय,

मेशिनरी उपकरण भाडामा उपलब्ध गराउने (लिजिङ्ग) सेवा,

प्रशोधन वा प्रक्रिया नगण्य रुपमा हुने कट टु लेन्थ सिट, फोटो फिल्म स्लिटिङ्ग, फोटो, पेपर स्लिटिङ्ग, टिस्यु पेपर स्लिटिङ्ग, बल वियरिङ्ग एसेम्बली तथा वल्क रुपमा तयारी सामान आयात गरी रिप्याकिङ्ग गर्ने जस्ता सेवा व्यवसायहरु,

कपडा तथा यार्न डाइङ्ग, यार्न साइजिङ र कपडामा प्रिण्टिङ्ग गर्ने व्यवसाय (कपडा बुन्ने उद्योगले आफ्नै प्रयोजनको लागि गरेकोमा बाहेक),

व्यवसायिक रुपमा गरिने पशु चिकित्शा सेवा,

सर्भिस अपार्टमेण्ट,

फुड कोर्ट, क्याटरिङ्ग, घुम्ती खाद्य स्टल,

उपकरण मर्मत तथा जडान, रेडी मिक्स कंक्रिट, निर्यात गृह, प्रविधि तथा आविष्कार केन्द्र, सुविधायुक्त कार्यालयस्थल प्रदान गर्ने सेवा।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved