महासंघको निर्वाचन 'मोडालिटी' तय गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 06:45:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघले आगामी चुनावको मोडालिटी तय गर्नको लागि समिति गठन गरेको छ । महासंघको आज बुधबार बसेको कार्यसमितिको बैठकले निर्वाचन मोडालिटी तय गर्नको लागि ६ सदस्यीय समिति गठन गरेको हो । 

समितिमा अरुणराज सुमार्गी, बिनोद ढकाल, डिबि बस्नेत, भरत आचार्य, रंजित आचार्य र सुनिल गोपाल श्रेष्ठ रहेका छन् ।  समितिले महासंघको आगामी निर्वाचन कसरी गर्ने, कुन माध्यमबाट गर्ने , कुन प्रक्रियाबाट गर्ने, लगायतका विषयमा अध्ययन गरेर कार्यसमितिमा प्रतिवेदन पेश गर्न  जिम्मेवारी पाएको छ । समितिले चुनाव अनलाइनबाटै गर्ने, प्रदेशपिच्छे गर्ने वा उपत्यकाका तीन जिल्लामा बस्तुगत, एसोसिएटको गर्ने जस्ता बिषय समेटेर प्रतिवेदन पेश गर्ने छ । समितिले प्रतिवेदन पेश गर्नको लागि १५ दिनको समय पाएको छ । 

 महासंघले दोस्रो पटक तय गरेको साधारणसभाको मितिमा समेत निर्वाचन हुन नसक्ने देखिएपछि कसरि र कहिले निर्वाचन गर्ने भन्ने बिषयमा ठोस निर्णय गर्नका लागि आज कार्यसमिति बैठक डाकिएको थियो । कार्यसमिति बैठकले नै ठोस निर्णय गर्ने ठानिएकोमा बैठकले अध्ययन गर्न समिति गठन गरेको हो । 

चैतमा हुनुपर्ने निर्वाचन कोरोनाका कारण चार महिनासम्म पनि हुन नसक्दा नयाँ कार्यसमिति चयन हुन सकेको छैन। महासंघको आगामी निर्वाचनलाई लिएर दुई पक्षमा विभाजन भएका व्यवसायी मध्ये वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल समुहले अहिलेकै अवस्थामा पनि निर्वाचन गर्नुपर्ने माग राखेको छ। 

तर स्वत अध्यक्ष बन्ने बाटोमा रहेका शेखर गोल्छाको साथ पाएको किशोर प्रधान समुहले भने स्वास्थ्य भन्दा निर्वाचन ठुलो नभएको भन्दै अनुकुल अवस्थामा निर्वाचन गर्ने पक्षमा देखिएको छ। 

गत चैत २८ र २९ गते हुनुपर्ने महासंघको साधारणसभा लकडाउनका कारण साउन २६ र २७ गते साधारण सभा गर्ने निर्णय गरेको थियो। महासंघको ५४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमितिको छनौट गर्नेछ ।

यस अघि समिति सदस्यको नाममा भरत आचार्य हुने पर्नेमा अन्यथा भएकोले सच्चाईएको छ। यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्राथी छौ : सम्पादक

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved