महासंघ चुनावको ‘बेस लाइन’ मोडालिटी तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 12, 2020 | 06:29:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मोडालिटी तय गर्न गठित समितिको बैठक बुधबार बसेको छ । कोरोना भाइरसका कारण चैत्रमा नै हुनुपर्ने निर्वाचन सर्दै आएपछि महासंघले मोडालिटी तय गर्न गठन गरेको समितिको आजको बैठकले मोडालिटीको आधार तयार पारेको छ । 

सरकारले भनेको भौतिक दूरी कायम हुने गरी र सामाजिक जमघट नहुने गरी मोडालिटी तय गर्ने आधार बनेको समितिका सदस्य अरुण सुमार्गीले जानकारी दिए । उनका अनुसार सर्भे गरेर मोडालिटी सिफारिस गर्ने अधिकार पाएको समिति भएकाले समितिले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पनि छलफल गर्ने योजना बनाएको छ । 

आजको बैठकमा २ मोडालिटीमा छलफल भएको उनको भनाई छ । एउटा मोडालिटी निर्वाचन नै नगरी सर्वसम्मत पदाधिकारी छनौट र अर्को खण्डित निर्वाचन प्रणालीमा छलफल केन्द्रित भएको छ ।  सरोकारवालासँग सुझाव लिएर समितिले मोडालिटीको अन्तिम टुंगो लगाउने उनले बताए ।

साउन २५ गते पहिलो बैठक बसेको समितिको आजको बैठक दोस्रो हो । बिहिबार पनि समितिको बैठक बस्नेछ । साउन २३ गते गठित समितिले १५ दिनभित्र निर्वाचन मोडालिटी महासंघ केन्द्रीय कमिटी समक्ष पेश गर्नुपर्ने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved