नेपाल चेम्बर्समा दुई मध्ये एकलाई उपाध्यक्ष पदबाट राजिनामा दिन दबाब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 03:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर्स अफ कमर्शमा उपाध्यक्षद्वयविचको विवादले नेपालको पुरानो व्यवसायिक संस्थाको बेइजत भएको भन्दै दुई मध्ये एकले पदबाट राजिनामा दिनुपर्ने आवाज उठेको छ। उपाध्यक्षद्वय दिपक मल्होत्रा र नरेश श्रेष्ठविचको विवाद सतहमा आएपछि यसले संस्थाको शाखमा असर परेको भन्दै चेम्बर्सका पदाधिकारीहरुले यस्तो माग गरेका हुन्। 

दुवैविचको विवाद सतहमा आउँदा सँस्थाको शाखमा धक्का लागेकाले गल्ति प्रमाणित हुनेलाई पदबाट राजिनामा दिन बाध्य पारिने चेम्बर्सका एक पदाधिकारीले बिजपाटीलाई बताए। 'दुई मध्ये जसले गल्ति गरेको छ, उसलाई जसरी पनि राजिनामा दिन लगाउनुपर्छ भन्ने लाइनमा कुरा अगाडी बढेको छ' उनले भने। 

उपाध्यक्षद्वयविचको विवादको विषयलाई लिएर यसै हप्ता चेम्बर सदस्यहरुबीच छलफल भएको थियो । छलफलमा चेम्बरको गरिमामा समेत आँच आउने गरि समाचार बाहिर ल्याइएकाले दुई मध्ये जो दोषी देखिन्छ, उसले नै पदबाट राजिनामा दिनुपर्ने माग थियो। 

यसअघि: 
पुराना मित्रबिरुद्द व्यवसायी मल्होत्रा प्रेस काउन्सिलमा, 'ब्ल्याकमेलिङ' को आरोप

- व्यवसायी मल्होत्राको उजुरीमा प्रेस काउन्सिलले माग्यो स्पष्टिकरण

छलफलमा सहभागी मध्ये धेरैले आफ्नै लगानीको मिडियामा आफ्नै सँस्थाका उपाध्यक्षबारे तथ्यहिन समाचार लेखाएकाले उपाध्यक्ष नरेश श्रेष्ठलाई नै कारबाही गर्नुपर्ने माग राखेका छन् । तर चेम्बरका अध्यक्ष डा. राजेश काजि श्रेष्ठ लगायतका पदाधिकारीबाट अध्ययन र अनुसन्धान पश्चात जसको गल्ति प्रमाणित हुन्छ उसलाई राजिनामा दिन लगाउने प्रस्ताव आएको स्रोतको दावी छ। 

उपाध्यक्ष मलहोत्राले आफूबाट गल्ति भएको प्रमाणित भए पदबाट राजिनामा दिन तयार भएको बताएको छलफलमा सहभागी एक सदस्यले बताए। ति सदस्यकाअनुसार मलहोत्राले  यदि आफ्नो गल्ति नभएको भेटीएमा आफू विरुद्ध गलत र भ्रामक समाचार लेखेर मानहानी गर्ने अर्का उपाध्यक्ष श्रेष्ठलाई तत्काल पदबाट बर्खास्ती गर्नुपर्ने माग समेत राखेका छन्। 

उपाध्यक्षद्वय मल्होत्रा र श्रेष्ठलाई डाकेर चेम्बरमा एक चरणमा छलफल भईसकेको छ। प्रेस काउन्सिल र चेम्बरमा उजुरी परेपछि चेम्बर्सका अध्यक्ष डा राजेश काजि श्रेष्ठले उपाध्यक्ष  नरेश श्रेष्ठलाई आज आइतबार छलफलका लागि डाकेका छन्।  

उपाध्यक्ष नरेश श्रेष्ठको लगानी रहेको मिडियाले मानहानी हुने किसिमले समाचार लेखेको भन्दै उपाध्यक्ष दिपक मल्होत्राले कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएपछि विवाद सतहमा आएको हो। 

काउन्सिलमा दर्ता गरिएको उजुरीपत्रमा श्रेष्ठले लेखाएको समाचारले आफ्नो व्यक्तिगत तथा व्यवसायिक जिन्दगिमाथि नकारात्मक प्रभाव परेको भन्दै उनिबिरुद्द  कारवाहिको माग गरिएको छ। 

व्यवसायी मल्होत्राको उजुरीमा प्रेस काउन्सिलले नरेश श्रेष्ठको लगानी रहेको मिडियासँग ७ दिन भित्र जवाफ पठाउनुपर्ने गरि  स्पष्टिकरण मागेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved