महासंघमा महाकिचलो: ढकाल समुहमाथि सूचना चुहाएको आरोप !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 04:20:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनको मोडालिटी तय भएको भनेर गलत प्रचार गरिएको भन्दै किशोर प्रधान समूहले आपत्ति जनाएको छ।  अन्तिम सहमति नजुट्दै निर्वाचन मोडालिटी तय भएको भनेर ढकाल समुहले प्रचार गरेको भन्दै किशोर समुहले आपत्ति जनाएको हो। 

निर्वाचन मोडालिटी प्रस्ताव गर्न बनेको समितिले बुझाएको प्रतिबेदनमा अन्तिम सहमति जुट्न बाँकी रहँदै समितिमा रहेका ढकाल समुहका सदस्यले मोडालिटी तय भयो भनेर प्रचार गरेको किशोर समुहको आरोप छ। 

समितिमा प्रधान पक्षबाट प्रतिनिधित्व गरेका अरुण सुमार्गीले प्रतिवेदन बुझाउन बाँकी रहँदै पेश गरियो भनेर पत्रकारलाई जानकारी गराउनु दुःखद भएको बिजपाटीलाई बताए। भदौ ४ सम्मको समयसीमा भएपनि ४ गतेबाटै निषेधाज्ञा जारी भएकाले निषेधाज्ञा खुलेपछि प्रतिवेदन बुझाउने समितिका सदस्यबीच भएको सहमति बिपरित मोडालिटी तय भयो भनेर प्रचार गरिएको सुमार्गीले बताए। 

भदौ ३ गते बसेको समितिको बैठकमा अहिले नै फाइनल नगरौँ भन्ने थियो, ‘त्यही दिन अध्यक्ष ज्यूसँग कुरा गर्दा पनि भदौ ४ को डेडलाइन भएपनि निषेधाज्ञा हुने भएकाले अहिले सम्भव भएन, निषेधाज्ञा खुलेपछि प्रतिवेदन लिएर आउँछौँ भनेका थियौँ’ सुमार्गीले भने। 

उनले अगाडी थपे, हामी ३ जना रन्जित आचार्य, सुनिल गोपाल श्रेष्ठ र मैले बुझाएका छैनौँ, गोप्य सूचना कसले चुहाएको हो, यसको छानबिन हुनुपर्छ’

वर्तमान कार्यसमितिको कोषाध्यक्ष रहेका ज्ञानेन्द्रलाल प्रधानलाई सूचना चुहाएको आरोपमा लज्जित बनाएर निकालेको नजिर ताजै रहेको स्मरण गर्दै सुमार्गीले अब गोप्य सूचना चुहाउने क–कसलाई कारबाही गर्ने हो भनेर प्रश्नसमेत गरेका छन्। 

निर्वाचनको मोडालिटी कस्तो हुने भन्ने कुराहरु अहिलेपनि छलफलमै भएको र कसरी निर्वाचन गर्ने भन्ने कुराबारे कुनै टुंगो नलागेको सुमार्गीको दाबी छ। भर्चुअल विधिबाट निर्वाचन गर्ने कुरामा सहमति जुट्यो भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको उनको दाबि छ। 

कोभिड १९ का कारण नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचनको मिति पर धकेलिएपछि अब कसरी निर्वाचन गर्ने भन्ने बिषयमा महासंघले ६ सदस्सीय समिति बनाएको थियो। 

उक्त समितिमा वरिष्ट बरिष्ठ उपाध्यक्षका प्रत्याशी प्रधान समूहबाट ३ जना र ढकाल समुहबाट ३ जना छन्। ढकाल समुहबाट डी बी बस्नेत, बिनोद ढकाल र भरत आचार्य समितिमा छन्। ढकाल समुहका तर्फबाट सदस्य रहेका बिनोध ढकालले हस्ताक्षर रहित प्रतिबेदन व्ह्याट्स एप्स मार्फत निकट पत्रकारलाई पठाएको प्रधान समुहतर्फका सदस्यको आरोप छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved