सूचना चुहाउनेले 'सरि' भनेपछि मिल्यो महासंघको विवाद, निर्वाचनको मोडल आज बुझाइँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 11:27:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन मोडालिटी बनाउन गठित समितिले शुक्रबार प्रस्तावित मोडल अध्यक्षलाई बुझाउँदै छ। निर्वाचन मोडालिटी प्रस्ताव गर्न बनेको समितिले आज अपरान्ह ४ बजेको बैठकपछि अध्यक्ष भवानी राणालाई मोडालिटी बुझाउने भएको हो ।

‘मोडालिटी भनेको महासंघको विधानमा उल्लेख भएका भन्दा केही फरक प्रस्ताव ल्याउ भनेको हो’ समितिका एक सदस्यले भने, ‘त्यो अधिकारी हामीलाई दिईएको छ, हामी आज अन्तिम पटक यसअघि लेखिएका मोडलहरु हेर्छौ र केही गल्ती भए सच्याउँछौँ । त्यसपछि आजै अध्यक्ष ज्यूलाई बुझाउँछौँ।’

ती सदस्यका अनुसार खण्डित निर्वाचन प्रणालीमा जान दुवै पक्ष सहमत भएका कारण यसैको सम्भावना बलियो देखिएको छ । भर्चुअल निर्वाचनमा ढकाल समूहले अडान लिएपनि जिल्ला नगरमा यो प्रणाली उपर्युक्त नहुने भन्दै खारेज भइसकेको बताईएको छ । 

यसअघि निर्वाचन मोडालिटीको अन्तिम टुंगो नलाग्दै मोडालिटी बन्यो भनेर प्रचार गरिएको भन्दै किशोर प्रधान समूहले आपत्ति जनाएको थियो । बरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल समुहबाट समितिमा प्रतिनिधित्व गरेका सदस्यले हस्ताक्षर बिनाको प्रस्तावित मोडालिटी सार्वजनिक गरेपछि केही विवाद देखिएको थियो ।

‘जसले सार्वजनिक गर्नुभयो, उहाँले एक्सक्युज माग्नुभयो’ प्रधान समूहका एक सदस्यले भने, ‘महासंघ झगडा गर्ने ठाउँ होइन, हामी झगडा गर्न त्यहाँ गएको पनि होइन । साथीहरुले एक्सक्युज नै मागिसकेपछि विवाद गरिरहनु पर्ने थिएन, अहिले केही असमझदारी छैन ।’

साउन २३ गते गठित समितिले भदौ ४ गतेसम्ममा निर्वाचनको मोडालिटी तयार पारेर बुझाउने अधिकार पाएको भएपनि निषेधाज्ञाका कारण आज भदौ १२ गते बुझाउन लागेको हो । 

कोभिड १९ का कारण महासंघको निर्वाचनको मिति धकेलिँदै आएपछि कसरी निर्वाचन गर्ने भन्ने बिषयमा महासंघले ६ सदस्सीय समिति बनाएको थियो । समितिमा बरिष्ठ उपाध्यक्षका प्रत्याशी प्रधान समूहबाट ३ जना र ढकाल समुहबाट ३ जना छन् । प्रधान समुहबाट रन्जित आचार्य, सुनिल गोपाल श्रेष्ठ र अरुण सुमार्गी छन् भने ढकाल समुहबाट डी. बी. बस्नेत, बिनोद ढकाल र भरत आचार्य छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved